- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एउटा उखान छ 'प्रेम र युद्धमा सबै जायज छन्'। कहिलेकाँही प्रेमका यस्ता घटनाहरू पनि सुन्न पाइन्छ जुन सुनेर वा पढेर हामी विश्वास गर्दैनौं। यस्तै घटना भारतको उत्तर प्रदेशमा घटेको छ ।
विवाहलाई जन्मजन्मको सम्बन्ध मानिन्छ। विवाहको मण्डपमा सात फेरा लिएसँगै बेहुला र बेहुली पति र पत्नी बन्छन्। तर उत्तर प्रदेशको गोडामा भने यसको उल्टो देखियो। त्यहाँ सम्पूर्ण विधी पूरा गरेपछि, एक बेहुली आफ्नो प्रेमीसँग भागिन् । सोको खबर बिहानसम्म कसैलाई थिए बेहुली नदेखिएपछि जब बिहान कुरा खुल्यो सबै आश्चर्यमा परे ।
घटना छपिया थाना क्षेत्रको हो । २६ नोभेम्बरको रातमा, गोंडाको मानकापुर थाना क्षेत्रबाट जन्ती बेहुलीको ढोकासम्म नाच्दै पुगे र विवाहको सबै रीतिथितिहरू सुरु भए । जब सबै अनुष्ठानहरू पूर्ण भइसकेका थिए र सबै आराम गर्न थाले, बेहुली मौका छोपेर, आफ्नो प्रेमीसंग भागिन् । भारतीय सञ्चारमाध्यले बेहुला र बेहुलीको नाम खुलाएका छैनन् ।
बिहान जब ती बेहुलीको परिवारले यसबारे थाहा पाए सबै छक्क परे, पहिले उनीहरूले बेहुलीका बारेमा कसैलाई नभनि खोजे । नजिकैका छिमेकीहरूलाईसमेत सोधे तर उनी कतै भेटिनन्। बिस्तारै यो खबर आगो जस्तै फैलियो र जन्तीमा मौनता छायो।
दुबै पक्षका व्यक्तिहरूबीच के गर्ने भन्ने प्रश्न आयो। गाउँलेहरूको अनुरोधमा मामिलामा कुनै कारबाही नगरिने र प्रहरीले केस दर्ता नगर्ने दुबै पक्षबीच सम्झौता भयो । प्रहरीले यस विषयमा कुनै पनि गुनासो नभएको जनाएको छ।