arrow

गणतान्त्रिक खेलकुद महासघंमा चन्दको निरन्तरता

logo
प्रकाशित २०७३ जेठ २४ सोमबार
chanda-khelkud.jpg.jpeg
काठमाडौँ । नेपाल गणतान्त्रिक खेलकुद महासघंको तेस्रो साधारणसभाले दुईवर्षका लागि जयन्द्र बहादुर चन्दलाई अध्यक्षमा निरन्तरता दिएको छ । चन्दसहित कुल ३३ सदस्ययी समिती निर्विरोध चयन भएका छन । राष्ट्रिय खेलकुद परिषद(राखेप)स्थित सेमिकभर्ड हलमा भएको साधारण सभाले विमला पौडेल उपाध्यक्षमा,नर बहादुर पुन महासचिव,प्रेमनाथ श्रेष्ठ सचिव र सि.बि. सिंह कोषाध्यक्षमा निर्विरोध चयन भएका छन् ।
 
 त्यसैगरी सदस्यहरुमा रुद्र ओली,क्रिषिसरा थापा,निर्दोश तिमिलसेना,केशव देसार,विनोद चन्द,विरेन्द्र क्षेत्रि,अर्जुन ओली,महेन्द्र भण्डारी,ससांरलाल बैद्य,काली पाण्डे र साजन राई रहेका छन । अन्य सदस्यहरुमा अनिल बुढा,प्रेम राहाडी,प्रकाश श्रेष्ठ,पुरुषोत्तम बुढाथोकी,डिल बहादुर घर्ति,अर्जुुन खत्रि,कृष्ण रामदाम,विकास सुनार ,सुरेन्द्र शाह ठकुरी,दिनेश थापा,चक्र बहादुर खत्रि,सुनिल ठडराई,विनोद चन्द,विर बहादुर कठायत,कल्पदेव राई,साका तामाङ र उदय निर्विरोध चयन भए ।
 
 सभाको नेकपा माओवादका स्थायी कमिटीका सदस्य तथा पाटि प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)ले उद्घाटन गरेका थिए । सभामा ७५ जिल्लाका प्रतिनिधीहरुले कुल ४५ सदस्य कार्यसमितीलाई २ वर्षको लागि निर्विरोध चयन गरेको थियो । ४५ सदस्य कार्यसमितिमा १२ जना सदस्यल भने मनोनित गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ