arrow

गोल म्याराडोनालाई अर्पण गर्दा कार्ड खाए मेस्सीले 

logo
प्रकाशित २०७७ मंसिर १५ सोमबार
messi63.jpg

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । घरेलु नोउ क्याम्पको मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० गोल अन्तरले पराजित गर्यो । 

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी, एन्टोनियो ग्रिजम्यान, मार्टिन ब्रेथवेट र फिलिप्पे कौटिन्होले एक एक गोल गरे ।

मार्टिनले २९ औं मिनेटमा,  ग्रिजम्यानले ४२ औं मिनेटमा,  कौटिन्होले ५७ औं मिनेटमा र मेस्सीले ७३ औं मिनेटमा गोल गरे । 

मेस्सीले गोल गरेपछि उक्त गोल फुटबलका महान् हस्ती डिएगो म्यारोडोनाप्रति श्रदान्जली अर्पण गरे । 

गोलपछि उनले म्यारोडोनाको पुरानो जर्सी देखाएर उनीप्रति गोल समर्पण गरेका थिए । यो खेल खेल्नुअघि पनि बार्सिलोनाले पनि म्यारोडोनालाई सम्झिएको थियो ।

त्यस लगत्तै मेस्सीले पहेंलो कार्ड पाएका थिए । म्याराडोना बार्सिलोनाका पूर्व खेलाडी थिए । म्यारोडोनाको गत बुधबार हृदयाघातका कारण ६० वर्षको उमेरमै निधन भएको थियो । 

आइतबार रातिका अन्य खेलको परिणाम
गेटाफे १–१ एथलेटिक बिलबाओ
सेल्टाभिगो ३–१ ग्रानाडा
रियाल सोसिडाड १–१ भिल्लारियल

अंक तालिका
रियाल सोसिडाड ११ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ । ९ खेलबाट २३ अंकसहित एथलेटिको मड्रिड दोस्रो स्थानमा छ । ११ अ‍ेलबाट २० अंकसहित भिल्लारियल तेस्रो स्थानमा छ । 

डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड १० खेलबाट १७ अंकसहित चौथो स्थानमा छ । डिफेन्डिङ रनर अप बार्सिलोना ९ खेलबाट १४ अंकसहित सातौं स्थानामा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ