arrow

मोबाइल सेटको 'ग्रे' बजार अन्त्य गर्न आग्रह

logo
प्रकाशित २०७७ मंसिर १५ सोमबार
mpia-logo-mobile-importers.jpg

काठमाडौं। मोबाइल फोन ईम्पोटर्स एशोसियसनले मोबाइल सेटको अवैध विक्रि बितरणको पूर्ण अन्त्य गर्न सहयोगका लागी सम्पूर्ण व्यवसायी मित्रहरुलाई आव्हान छ। यस्तो अवैध विक्रि बितरणको कारण मोबाइल फोन व्यवसाय मात्र नभई राष्ट्रको समग्र अर्थतन्त्रलाई नकारात्मक प्रभाव पारेको एशोसियसनले जनाएको छ।

विभिन्न मुलुकबाट चोरी पैठारी गरी भित्राईएका मोबाइल फोनको अवैधानिक बजार नेपालमा तिब्र रुपमा बढिरहेकोमा चिन्ता व्यक्त गरेको छ। सरकारको राजश्व वापत संकलन गरिने ठुलो धनराशी गुमिरहेको छ भने मोबाइल फोन व्यवसायको स्वस्थ्य र मर्यार्दित विकासमा अवरोध खडा भएको छ। अवैध (ग्रे) मोबाइल सेटको आईएमईआई नम्बर रजिस्टर नहुने भएकोले यसको प्रयोग अपराधिक क्रियाकलापमा पनि हुन सक्ने प्रवल सम्भावना रहेको एशोसियसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मोबाइल फोन ईम्पोटर्स एशोसियसन र नेपाल मोबाइल वितरक सघंले देशभरका मोबाइल सेट विक्रेताहरूलाई अवैध (ग्रे) कारोवार नगर्न गत श्रावण १ बाट नै अनुरोध गरेको थियो। तर सो सूचनाको अवज्ञा गर्ने गरेको पाइएकोले उक्त व्यवसायीहरुलाई नियम संगत कार्वाहीको लागी सम्बन्धित निकायलाई अनुरोध गरिने समेत एशोसियसनले चेतावनी दिएको छ।

यसै गरी मोबाइल फोन आयातकर्ताहरुको छाता संगंठन मोबाइल फोन ईम्पोटर्स एशोसियसनले सरकारलाई चोरी पैठारी सम्बन्धी कानुनलाई कडाईका साथ लागु गर्न अनुरोधका साथै मोबाइल फोन विक्रेताहरुलाई पनि कानुनी दायरमा बसी स्वस्थ व्यवसाय गर्न आव्हान गरेको छ। मोबाइल फोन उपभोक्ताहरुलाई पनि फोन खरिद गर्दा सचेत एमपिआईए अंकित होलोग्राम स्टिकर भएको फोन मात्र खरिद गर्न र पसलको आधिकारिक विल लिन समेत अनुरोध छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ