arrow

लुम्बिनी प्रदेशको राजधानीका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु

logo
नारायण वली,
प्रकाशित २०७७ मंसिर १५ सोमबार
cabinet-5.jpg

रुपन्देही । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा सोमवार (आज) बसेको लुम्बिनी प्रदेश मन्त्री परिषद्को बैठकले लुम्विनी प्रदेशको स्थायी राजधनीका लागि जग्गा प्राप्तिको प्रक्रिया कार्य शुरु भएको वताईएको छ ।

मन्त्रीपरिषद्को बैठकले स्थायी राजधानी समितिले सबै कामलाई अगाडि बढाउन आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीको संयोजकत्वमा विभिन्न मन्त्री र सचिव लगायत निर्देशक समिति गठन समेत गरेको छ ।

दाङको देउखुरी स्थित लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको १७ बिगाह १९ कट्ठा जमिन प्रदेश सरकारले प्रयोग गर्नका लागी केन्द्र सरकारसँग माग गर्ने निर्णय भएको लुम्विनी प्रदेशका प्रवक्ता वैजनाथ चौधरीले जनाएका छन् । प्रदेश सरकारलाई सो जग्गा प्राप्तिका लागि राप्ती पा्रविधिक शिक्षालयलाई गोवरडिहामा रहेको सरस्वती माबि विद्यालयमा स्थानान्तरण गर्न स्विकृती प्रदान गर्ने निर्णय भएको जनाईएको छ ।

गत असोज २० गते प्रदेश सभाको बैठकले प्रदेश नं.५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी राप्ती उपत्यकाको देउखुरीमा राख्ने निर्णय गरेसंगै सो क्षेत्रमा स्थायी राजधानी सञ्चालनका लागि जग्गा तथा सरकारी भवनको खोजी गर्न लुम्विनी प्रदेशसभाका सभामुख पूर्ण बहादुर घर्ती, उपभामुख कृष्णी थारु र आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी लगायतको टोली केही समय अगाडि दाङमा पुगेर राप्ती प्राविधिक शिक्षालय रहेको क्षेत्रको अनुगमन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ