arrow

इमरानले विपक्षीलाई लगाए कोरोना फैलिनुको दोष

logo
एएनआई,
प्रकाशित २०७७ मंसिर १५ सोमबार
imran-khan-and-bajwa-pak.jpg

इस्लामावाद । पाकिस्तानका कोरोनाभाइरसको दोस्रो चरणको महामारी फैलिनुमा प्रधानमन्त्री इमरान खानले प्रतिपक्षी दलहरुलाई दोषारोपण गरेका छन् ।सरकारी अधिकारीहरु कोरोनाविरुद्धमा लडिरहेका बेलामा विपक्षी दलहरु मुख्य समस्याका रूपमा देखा परेको उनको आरोप छ ।  

विपक्षी दलहरुकै कारण कोरोनाविरुद्धको लडाई प्रभावकारी हुन नसकेको, उनीहरुले नै अवरोध गरेको आरोप प्रधानमन्त्री खानले लगाएका छन् । 

विपक्षी दलहरूले विभिन्न ठाउँमा जुलुश निकाल्न स्वीकृति नदिनु भएका प्रधानमन्त्री खानले उनीहरुप्रति अहिले असन्तुष्टि पोखेका हुन् । 

कोरोनाभाइरसको महामारी फैलिएका बेला जुलुश निकालेको भन्दै सरकारले बल प्रयोग गरेपछि प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीचमा झडपसमेत भएको थियो । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले देशमा अहिले फेरी महामारी फैलिएका बेला उच्च सतर्कता अपनाउने र कोरोनाविरुद्ध लड्ने बेला भएपनि त्यसका विरुद्ध गतिविधि भइरहेको उल्लेख गरेका छन् । 

पाकिस्तानमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको छ । अहिलेसम्म पाकिस्तानमा कोरोना लागेपछि मृत्यु भएकाहरुको सङ्ख्या आठ हजारभन्दा बढी पुगेको छ । 

त्यसैगरी पाकिस्तानमा अहिलेसम्म तीन लाख ९८ हजार २४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

कोरोनाभाइरसको महामारीका बेलामा कुनै पनि सहरमा राजनीतिक दलहरुलाई सरकार विरोधी जुलुश निकाल्न दिन नसकिने पनि प्रधानमन्त्री खानले स्पष्ट पारेका छन् । 

प्रधानमन्त्री खानले कोरोनाभाइरसको महामारी डरलाग्दो तरिकाले फैलिदै गएकोले विपक्षी दलहरुले आफ्ना भिडभाड हुने गतिविधिहरु तत्काल रोक्नुपर्ने अडान राखेका छन्। 

पाकिस्तानका ११ पार्टीहरुको गठबन्धनको रुपमा रहेको पाकिस्तान लोकतान्त्रीक आन्दोलन (पिडीएम)ले गरेको प्रदर्शनको विपक्षमा प्रधानमन्त्री खान कठोर रुपमा उभिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ