arrow

केपी शर्मा ओलीले चिनियाँ रक्षामन्त्री आएकै दिन खोले ‘टिकटक’ 

logo
प्रकाशित २०७७ मंसिर १५ सोमबार
kp-oli-tiktok.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप ‘टिकटक’ खोलेका छन् । उनले आइतबार (मंसिर १४ गते) टिकटक खोलेका हुन् । 

उनले खोलेको टिकटक प्रोफाइलमा उनको तस्वीर भने राखिएको छैन । यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । 

उनको एउटामात्र भिडियो पोष्ट भएको छ । पहिलो दिन खासै चर्चामा नआएको भए पनि दोस्रो दिन सोमबार भने तीव्र रुपमा उनलाई फलो गर्नेहरु बढेका छन् । 

उनले कसैलाई पनि फलो भने गरेका छैनन् । उनले पहिलो भिडियोका रुपमा २२ सेकेन्डको भिडियो पोष्ट गरेका छन् । उनको टिकटक एकाउन्ट @kpsharmaoli_official रहेको छ ।

संयोग कि नियोजित ? 
उनले मंसिर १४ गते नै टिकटक खोल्नुलाई संयोगमात्र भन्न अवश्य मिल्दैन । यो नियोजित रुपमै भएको देखिन्छ । टिकटक चिनियाँ उत्पादन हो । 

भारतमा यो प्रतिवन्धित छ । अमेरिकाले पनि पटक पटक प्रतिवन्ध लगाउने प्रयास गर्यो । 

प्रधानमन्त्री ओलीले भने मंसिर १४ गते चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे आएकै दिन टिकटक खोले । पक्कै पनि रक्षामन्त्री वेइले अहिलेसम्म टिकटक पनि छैन ? भनेर त सोधेनन् होला । 

तर ओलीले त्यही दिन नै टिकटक खोल्नुलाई भने कुटनीतिक जगतमा अर्थपूर्ण तरिकाले हेर्न थालिएको छ । ओली र उनको सचिवालयले तर्क अवश्य गर्ला नै । तर चिनियाँ रक्षामन्त्री आएकै दिन खोल्नुलाई भने संयोग कसरी मान्ने ?

प्रधानमन्त्री ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अप्ठेरोमा परिरहेका बेलामा चीनले साथ दिइरहेको छ । कुनै पनि हालतमा नेकपा फुट्नु हुन्न भनेर नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी लागेकै हुन्छिन् । 

रक्षामन्त्री हेइको भ्रमण पनि नेकपाका नेताहरुलाई सम्झाउने प्रयास स्वरुप भएको बुझिन्छ । चीनले कुनै पनि हालतमा नेपालमा कम्युनिष्ट सरकार नै चाहिने अडान राख्दै आएको विश्लेषकहरु बताउँछन् । 

सम्भवतः यसपटकको खड्को पनि पार गर्ने गरी ओलीले चिनियाँ रक्षामन्त्री आएकै बेलामा टिकटकमा मोह देखाएका त हैनन् ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ