arrow

फसेका बालबालिकाको उद्धार प्रयास जारी

logo
प्रकाशित २०७३ जेठ २४ सोमबार
iraq.jpg.jpeg
बग्दाद। इराकको फालुजा सहरमा सुरक्षा फौज र अतिवादी सशस्त्र समूहबीचको द्वन्द्वका कारण फसेका बालबालिकाको उद्वार जारी रहेको छ । उक्त सहर कब्जा गर्ने क्रममा सुरक्षाबल र जिहादी समूहबीच भएको झडपमा कम्तीका २० हजार बालबालिका सो सहरमा रहेका बताइएको थियो । 
 
संयुक्त राष्ट्रसङ्घी्य बालकोषले गत बुधबार सो जानकारी दिएको थियो । त्यसै दिनदेखि यो उद्वारकार्यका लागि पहल भएको भए पनि उद्वारको काम सुरु भएको थिएन । सो झडपका कारण द्वन्द्वमा परी फसेका बालबालिकालाई सुरक्षित स्थलतर्फ लाने प्रयास इराकी सुरक्षा बलले जारी राखेको बताएको छ । 
 
इराकी सुरक्षाबलले गत मे २२ बाट फालुजामा इस्लामिक स्टेट आइएस आतङ्ककारी विरुद्ध सुरु गरेको भीषण कारबाहीको क्रममा त्यहाँ बसोवास गर्दै आएका केही बासिन्दा मात्र भाग्न सफल भएका थिए । सो कारबाहीको कारण यस इलाकामा खानेपानी र खाद्यपदार्थको समेत अभाव भएको बताइएको छ ।
 
बालबालिकालाई आइएस लडाकू समूहले जबरर्जस्ती जारी द्वन्द्वमा लडाकूको रुपमा भर्ती गर्ने डर समेत रहेको जानकारी दिइएको छ । फाजुला सहरका सर्वसाधारणलाई त्यहाँबाट सुरक्षित रुपबाट भाग्नसक्ने व्यवस्था मिलाउन युनिसेफले सुरक्षाबललाई आग्रह गरेको छ ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ