arrow

पोखरी सौन्दर्यीकरणका लागि १२ करोड ७८ लाख, भव्यपूर्वक शिलान्यास

logo
निरंजन कुमार साह, 
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
pradesh2-pokhari-saundarya.jpg

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेश भित्रका धार्मिक सांस्कृतिक धरोहरहरुको संरक्षणमा प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको बनौली विद्यापति डिहस्थित लक्ष्मी सागर पोखरी सौन्दर्यीकरणको एक कार्यक्रम बिच शिलान्यास गर्दै  मुख्यमन्त्री  राउतले पहिचानको आन्दोलन बलमा स्थापित प्रदेश सरकार प्रदेश भित्रको धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षणमा कुनै कसर बाँकी नराख्ने बताए ।

जानकी मन्दिरको सौन्दर्यीकरण बाट आफनो अभियान शुरु गरेको प्रदेश सरकारले विद्यापति डिह, छिन्नमस्ता भगवती, रौजा मजार लगायतका धार्मिक सांस्कृतिक सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार स्थापनाकालदेखि नै कार्य गर्दै आएको मुख्यमन्त्री राउतले बताए ।
 
मुख्यमन्त्री राउतले लक्ष्मी सागरको सौन्दर्यीकरण कवि  विद्यापतिको बनौली प्रवासलाई तरोताजा गराउने उल्लेख गर्दै  विद्यापतिको कृतिहरुको संरक्षणमा समेत प्रदेश सरकार अघि बढ्ने जानकारी दिए । 

स्थानीय पण्डित प्रा डा गोविन्द चौधरीको अध्यक्षतामा भएको उक्त शिलान्यास कार्यक्रममा आन्तरिक मामिला राज्य मन्त्री सरोज सिंह कुसवाहा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव,  प्रदेश सभा सदस्य परमेश्वर साह, रानीशर्मा तिवारी, पूर्व कृषि मन्त्री एवं जसपा नेता हरि नारायण यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, मुख्यसचिव अर्जुन पोखरेल सहितका वक्ताहरुले विद्यापतिको स्मरण गर्दै प्रदेश सरकारको गतिविधिहरु बारे धारणा राखे ।

कार्यक्रमको शुरुमा जसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले भर्चुअल माध्यमले शुभकामना व्यक्त गरेका थिए । १२ करोड ७८ लाखको योजनामा हुन लागेको पोखरी सौन्दर्यीकरण तीन आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ