arrow

प्रदेश १ मा थप १ सय ७९ जना संक्रमित, ९२ निको

logo
प्रकाशित २०७७ मंसिर १६ मंगलबार
covid-test-positive-corona.jpg

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ८३५ जनाको पिसीआर परीक्षण गरिएकामा ५५ महिलासहित १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङका ५३ मध्ये विराटनगरमा ४०, सुनसरीका ३८, झापाका ६२, इलामका १०, पाँचथर र तेह्रथुमका दुई-दुई, ताप्लेजुङ, उदयपुर र धनकुटाका एक-एक तथा प्रदेश बाहिरका नौ जना छन् । 

प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २७ हजार ४४१ पुगेको छ । प्रदेशमा मंगलबार ९२  संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । यससँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार ३७७  पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ९२ हजार २६१ जनाको पिसीआर परीक्षण  गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ