- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेता तथा भारतीय जनता पार्टी (भाजपा)का सांसद सनी देवललाई कोरोना संक्रमण पुष्टि भएको छ। हल्का ज्वरो देखिएपछि स्वस्थ्य परीक्षण गराएका सनीको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो।
उनको मंगलबार आएको रिपोर्टमा कोरोना संक्रमण रहेको पाइएको छ। सोको पुष्टि मुख्य चिकित्सक डा देवेन्द्र शर्माले गरेका हुन्।
सनी देवल लगभग एक महिनादेखि हिमाचल प्रदेशको मनालीमा बसिरहेकी छिन्। पछिल्लो समय उनले मुम्बईमा हातको शल्यक्रिया गरेका थिए। त्यसपछि उनी आरामका लागि मनालीको आफ्नो फार्महाउसमा पुगेका थिए। त्यसबेलादेखि उनी मनालीमा बस्दै आएका छन्।
सनी देवलको मनालीसँग गहिरो सम्बन्ध छ । हिउँदमा उनी मनालीमा नै बस्ने गर्छन्। मुम्बईमा फैलिएको कोरोना महामारीका बिच यस वर्ष पनि उनी मनाली पुगेका हुन्। उनी ३ डिसेम्बरमा मुम्बई फर्कने वाला थिए। मुम्बई फर्कन अघि पीसीआर परीक्षण गराउँदा उनीमा संक्रमण देखिएको हो।
सनी देवलले आफूलाई क्वारेन्टेाइनमा राखेका छन्। उनले आफ्नो ट्वीटमा कोरोना संक्रमित भएको जानकारी दिँदै लेखे, 'मैले कोरोना परीक्षण गराए जसको रिपोर्ट पोजेटिभ आयो। म एकान्तवासमा छु र मेरो स्वास्थ्य राम्रो छ। म अनुरोध गर्दछु तपाईंहरु मध्ये जो पछिल्लो दिनमा मेरो सम्पर्कमा आउनुभएको छ, कृपया आफैलाई आइसोलेट गर्नुहोस् र कोरोना परिक्षण गर्नुहोस्। '
फिल्म बाहेक सनी देवल राजनीतिमा पनि सक्रिय छन्। सनी देवलले २०१९ को लोकसभा चुनावमा भाजपाको टिकटमा गुरदासपुरबाट जितेका थिए।
यस बाहेक, उनको आगामी फिल्म 'अपने २' हालै घोषणा गरिएको छ। जसमा देवल परिवारका तीन पुस्ता पर्दामा देखा पर्नेछन्। फिल्ममा सनी देवल बाहेक, धर्मेन्द्र, बबी देवल र सनीको छोरा करण देवल पनि हुनेछन्।