arrow

वरिष्ठ नेता पौडेलको गिरफ्तारीप्रति कांग्रेस सांसद शंकर गिरीको भत्सर्ना

logo
प्रकाशित २०७७ मंसिर १७ बुधबार
shankar-giri1.jpg

नेपालगन्ज । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य शंकर गिरीले भर्त्सना गरेका छन् ।

नेता गिरीले हाम्राकुरासँग कुरा गर्दै वरिष्ठ नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावाद भएको बताएका छन् ।

 "तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा मोटरेबल पूलको बुधबार स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न पुग्नु भएका वरिष्ठ नेता पौडेल, तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आले लगायतलाई तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको आदेशमा प्रहरीको दुर्व्यवहार र जबर्जस्ती गिरफ्तारी अत्यन्तै आपत्तिजनक र लोकतान्त्रिक मूल्य र मान्यता बिपरीत छ । ओली सरकारका यस्ता अलोकतान्त्रिक, दमनकारी र निन्दनीय कार्यको घोर भर्त्सना गर्दछु र यस्ता घटना प्रति जनस्तरमै कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिबाद गर्न समेत अनुरोध गर्दछु ।"

व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन स्थलबाट प्रहरीले गिरफ्तार गरेको थियो । वरिष्ठ नेता पौडेलसंगै तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ