arrow

कोपा अमेरिका: मेस्सी बिनाको अर्जेन्टिनाद्वारा डिफेन्डिङ च्याम्पियन चिली पराजित

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
Copa_Arg_Chi.jpg.jpeg
एजेन्सी । कोपा अमेरिका फुटबलमा फुटबल पावर हाउस अर्जेन्टिनाले चीलीलाई हराउँदै विजयी सुरुवात गरेको छ । आज विहान भएको समूह ‘डी’ को खेलमा स्टार खेलाडी लियोनल मेस्सी बिना ओर्लेको अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन चीलीलाई २–१ ले हरायो । 
 
अर्जेन्टिनालाई विजयी गराउन एन्जल डि मारीया र इभर बानेगाले एक–एक गोल गरे । खेलको ५१औं मिनेटमा एन्जेल डि-मारियाले गोल गर्दै १-० गोलको अग्रता अर्जेन्टिनालाई दिलाएका थिए। ईभर बानेगाले ५९औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई २-०को अग्रता दिलाएका थिए। 
 
९०औं मिनेटमा होसे फुएनजालिदाले गोल गर्दै चिलीको हारको फरक २-१मा पारेका थिए।  गत वर्ष फाइनलमा अर्जेन्टिनालाई नै हराउँदै चीली कोपा अमेरिका च्याम्पियन भएको थियो ।   
 
यस्तै अर्को खेलमा पानामाले बोलिभियालाई पराजित गरेको छ । पानामाले बोलिभियाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो । पानामालाई विजयी गराउन ब्लाज पेरेजले निर्णायक दुई गोल गरे । 
 
खेलको ११ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका उनले ८७औं मिनेटमा विजयी गोल गरे । त्यसअघि दोस्रो हाफको ५४औं मिनेटमा बोलिभियाका हुँवा कार्लोसले एक गोल फर्काए । 
 
कोपा अमेरिकामा हाल सम्म उरुग्वेले सर्वाधिक १५ पटक उपाधि जित्दा अर्जेन्टिनाले १४ र ब्राजिलले ८ पटक जितेको छ । चीलीले जम्मा १ पटक मात्रै उपाधि जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ