arrow

फुटबल प्रशिक्षणका लागि बोलाइए ५८ खेलाडी 

logo
प्रकाशित २०७७ मंसिर १८ बिहिबार
nepali-football-team.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिम तयारीका लागि प्रारम्भिक चरणमा ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । गत कार्तिकमा बंगलादेश विरुद्धका दुई मैत्रिपूर्ण खेलका लागि राष्ट्रिय टिम तयार गरी खेलाएको थियो । उक्त खेलपछि खेलाडीहरुलाई आराम दिइएको थियो । 

अब फेरि फिफा विश्वकप र एसियन कप छनोट अन्तर्गत बाँकी रहेका ३ खेलका लागि एन्फाले बुधबार ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । नेपालले छनोटका लागि घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेइसँग खेल्न बाँकी रहेको छ ।

सोही खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले ठूलो संख्यामा खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । बंगलादेश विरुद्धको खेलमा थोरै खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइएका कारण कोरोना संक्रमण र चोटले गर्दा अतिरिक्त खेलाडीहरु पुगेका थिएनन् । 

उक्त पाठबाट महर्जनले धेरै खेलाडी बोलाएका हुन् । उनले बोलाएको टिममा लामो समय टिम बाहिर रहेका कप्तान विराज महर्जन, स्ट्राइकर विमल घर्ति मगर, मिडफिल्डर सन्तोष तामाङ, डिफेन्डर  दिनेश राजवंशी र आदित्य चौधरी परेका छन् ।

प्रारम्भिक चरणमा ७ गोलकिपर, १८ डिफेन्डर, २० मिडफिल्डर र १३ फरवार्ड टिममा परेका छन् ।

यस्तै यस पटक ए डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने १३ वटै क्लबका खेलाडी बन्द प्रशिक्षणका लागि डाकिएको टिममा अटाएका छन् ।

विमल, सन्तोष र दिनेशलाई गत वर्ष मंसिरदेखि नै एन्फाले कार्वाही गरेको थियो । त्यसपछि टिममा परेका थिएनन् । उनीहरु विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध खेल्न भुटान जाने अघिल्लो दिन डिस्कोमा गएर अनुशासन उल्लंघन गरेका थिए । 

यी हुन् बन्द प्रशिक्षणमा परेका खेलाडीहरु–

गोलकिपर – किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की र देव लिम्बु ।

डिफेन्डर – देवेन्द्र तामाङ, विराज महर्जन,रजिन धिमाल,  विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान र रोहित चन्द । 

मिडफिल्डर – सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा र सुनिल बल । 

फरवार्ड – विमल घर्ति मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्ज प्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विश्व, राजीव लोप्चन, आशिष लामा र प्रिजेन तामाङ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ