arrow

प्राइम सहित तीन बैंकबीच समझदारीपत्रमा हस्ताक्षर

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
prime-bank-acquistion.jpg.jpeg
काठमाडौं। एक समारोह बीच प्राइम कमर्सियल बैंक लिमिटेडले विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेड लाई प्राप्ति गर्ने सम्बन्धित पक्षहरुसँग समझदारी–पत्र हस्ताक्षर भएको छ।
 
प्राइम कमर्सियल बैंक लिमिटेडका तर्फबाट संचालक श्याम बहादुर श्रेष्ठ, विराटलक्ष्मी विकास बैंक लिमिटेडका तर्फबाट संचालक समितिका अध्यक्ष श्री माधव प्रसाद कोइराला तथा कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक समितिका अध्यक्ष श्री इन्द्र नारायण भैलले प्राप्ति गर्ने समझदारी–पत्रमा लामो गृह कार्य पछि समझदारी–पत्रमा हस्ताक्षर भएको हो। 
 
नेपाल राष्ट्र बैंकले “क  वर्गका बैंकहरुलाई रु.८ (आठ) अर्व चुक्ता पूँजी पुर्‍याउन निर्देशन जारी भए अनुसार बैंकले बिभिन्न बित्तीय संस्थाहरुलाई गाभि आफ्नो पूँजी बढाउने योजना अन्र्तगत विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडलाई गाभेको बताएको छ । बैंकले आफ्नै पूँजी बृद्धिको थप योजना अन्तर्गत आगामी २०७३ अषाढ भित्र ३ :१ (तीन शेयर बराबर एक) हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा स्विीकृतिको लागि पनि पेश भई सकेको कम्पनी सचिब सन्तोष बराल द्वारा जारी बिज्ञप्तीमा जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ