arrow

सलमान - शाहरुखले पाए सफाई

logo
प्रकाशित २०७३ जेठ २५ मंगलबार
shahrukh-salman.jpg.jpeg
एजेन्सी । दिल्लीको एक अदालतले बलिउडका सुपरस्टार्स शाहरुख खान र सलमान खान बिरुद्धको  उजुरी खारेज गरेको छ । सो उजुरीमा शाहरुख र सलमान बिरुद्ध धार्मिक भावनामा आहत पारेको आरोपमा एफआईआर दिइएको थियो । उजुरी  'बिग बोस सीजन ९' को  प्रोमो सुटिंगको क्रममा दुवै कलाकार मन्दिरमा जुत्ता सहित रहेको देखाइएको थियो ।
 
अतिरिक्त चीफ मेट्रोपोलिटन मजिस्ट्रेट वन्दना जैनले उजुरीकर्तालाई सबुत सहित दर्ता गर्न अनुमति दिएकि थिइन् ।अदालतले सो मामिलामा मे १ मा उजुरीकर्ताको तर्क सुने पछि आफ्नो फैसला सुरक्षित रखेको थियो । उजुरीकर्ताले  दिल्ली प्रहरीले दाखिल गरेको एटीआर (एक्शन टेकन रिपोर्ट) माथि प्रश्न उठाएका थिए । प्रहरीले दुवै मेगास्टार्सलाई पहिलेनै क्लीन चिट दिएको थियो ।
 
एटीआरमा शाहरुख र सलमान एक अस्थायी मन्दिर जुन स्टूडियोको सेट थियो , त्यहाँ सुटिङ गरिरहेकव  र उनिहरु कुनै प्रकारको धार्मिक भावना माथि आहत पुर्‍याउने मनसाय नदेखिएको जनाएको छ । 
 
सो रिपोर्ट वकील गौरव गुलाटीको याचिका माथि अदालतको आदेश पछि प्रहरीले दाखिल गरेको थियो । उजुरीकर्ताले दुवै अभिनेता र बिग बोस सीजन ९ को निर्माता-निर्देश र कलर्स च्यानल माथि आईपीसीको धारा २९५ ए, २९८ र ३४ लगाउन माग गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ