arrow

एस्ट्रोइडको नमुना ल्याएर जापानी अन्तरिक्षयान पृथ्वीमा फिर्ता

logo
एजेन्सी,
प्रकाशित २०७७ मंसिर २१ आइतबार
japan-jaxa-space-asteroid-mission.jpg

काठमाडौं। जापानी अन्तरिक्ष एजेन्सी जाक्साको एस्ट्रोइड (क्षुद्रग्रह)को नमुना संकलन गरेर पृथ्वीमा ल्याउँने मिसन सफल भएको छ। निकै टाँढाको एस्ट्रोइडबाट नमुना संकलन गरेर अन्तरिक्ष प्रोब आइतबार पृथ्वीमा आइपुगेको हो। एएफपीमा जनाए अनुसार अब, यो एस्ट्रोइडको नमुनाले जिवनको उत्पत्ती र ब्रह्माण्डको विस्तारकाबारेमा थप अध्ययन गर्न मद्दत गर्नेछ।

०.१ ग्राम नमुना संकलन गरेर ल्याएको स्पेस प्रोब जापानी समयअनुसार बिहान साढे दुई बजे पृथ्वीको वायुमण्डलमा पुगेको हो। ६ वर्षअघि पठाइएको अन्तरिक्ष यानले मिसन सफल पार्दै नमुना ल्याएपछि जाक्साका वैज्ञानिकहरुले खुसी मनाएका छन्।

यो मिसनको आधिकारीक ट्विटर ह्याण्डलबाट हामीले प्यारासुटसहित क्याप्सुल (अन्तरिक्षयान) भेट्टाएका छौं। भन्दै खुसी व्यक्त गरिएको छ। यो क्याप्सुल दक्षिणी अष्ट्रेलियन मरुभुमीमा अवतरण भएको छ। पृथ्वीबाट ३० करेड किलोमिटर टाँढा रहेको र्येग्यु एस्ट्रोइडबाट ह्याबुसा २ मिसनले नमुना संकलन गरेको हो।

यो नमुना ब्रह्माण्डको उत्पत्ती भएताकाको जस्तै हुनसक्ने अनुमान गरिएको छ। यो मिसनका म्याजेर माकोटो योसिकावाले ४.६ बिलियन वर्षअघिकै एस्ट्रोइड भएको हुनसक्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ