अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रिया तथा बाँकी कैँदी रिहाइका लागि छलफल सुरु
एएनआई,
प्रकाशित २०७७ मंसिर २१ आइतबार
591
Shares
दोहा । संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ । तालिवान समूहको वार्ता टोलीका प्रवक्ता मोहम्मद नयीमले छलफलबारे जानकारी गराएका हुन् ।
उनले भने, “अफगानिस्तानसँगको मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जलमे खलिलजादले तालिवान समूहका उप–नेता मुल्लाह बाराडर तथा प्रमुख वार्ताकार अब्दुल हकिमले अमेरिका–तालिवान शान्ति प्रक्रिया तथा बाँकी कैँदीको रिहाईका लागि हालै दोहामा छलफल भएको छ ।”
खलिलजादले ट्वीट्गर्दै उक्त कुराको पुष्टि गरेका छन् । “वार्तामा शान्ति सम्झौता, शक्ति पृथकीकरण र तालिवानसँगको स्थायी तथा वृहद् युद्धविरामका लागि नेताहरूको समिति बनाइएको र यो इस्लामिक गणतन्त्र अफगानिस्तानमा शान्ति वार्ताका लागि भरपर्दो र प्रभाबशाली समिति हुने विश्वास गरिएको छ ।”
अफगानी विद्रोही तथा सत्ताधारी समूहले शान्ति प्रक्रियाका कामलाई निरन्तरता दिइरहेको र यो अफगानी युद्ध अन्त्यका लागि निकै सकारात्मक तथा विश्वासिलो आधार भएको उनले बताइ ।
यसैबीच अमेरिकी विदेश मन्त्रालयले वार्ताका लागि नेतृत्व समिति निर्माण भएकोमा यसको स्वागत गरेको छ ।
समितिको अध्यक्षमा डाक्टर अब्दुल्लाह अब्दुल्लाह रहेको र अफगानी राजनीतिक क्षेत्रका हस्तीहरूले यस समितिलाई सफल पार्ने र अफगानिस्तानमा स्थायी शान्ति हुनेमा अमेरिकाले विश्वास प्रकट गरेको छ ।