- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जाजरकोट । मिरमिरे बिहानीमा विद्यालय हिँडेका बारेकोटका विद्यार्थीहरु घण्टौ सम्मको लामो यात्रा पश्चात् विद्यालय पुग्ने गरेका छन् । झोलामा रोटी बोकेर बिहानमा विद्यालय हिँडेका बारेकोटका बालबालिकाहरु जब मुसुक्क साँझले संकेत दिन्छ अनि विद्यालयबाट फर्कने गरेका छन् ।
घर भन्दा विद्यालय टाँडा रहेको हुँदा – जब उज्यालोले संकेत दिए हिँड्नु पर्ने साँझले संकेत दिए फर्कनु पर्ने वाध्यता रहेको बारेकोट ६ कार्कीज्यूलाको सीता माध्यमिक विद्यालयमा अध्ययनरत सरोज चलाउनेले बताए । विद्यालय पुग्दा पुग्दा अबेर हुँदा पठनपाठनको बिषयबस्तु छुट्ने गरेको विद्यार्थीहरुको गुनासो रहेको छ ।
बिशेष गरी बारेकोटका माध्यामिक विद्यालयमा अध्यनरत बालबालिकाहरुमा यस्तो समस्या रहेको छ । यता बिस्तारै बारेकोटको प्रशासकीय केन्द्र लिम्सा हुँदै विभिन्न वडाहरुमा सडक सञ्जाल जोडिने क्रममा रहेको छ ।
भौगोलिक हिसाबले दुर्गमको सदरमुकाम भन्दा सुवाउँने बारेकोटका विद्यार्थीहरुले यतिबेला पठन पाठनमा समस्या झेल्दै आएका छन् । हिउँदका ३–४ महिनाहरुमा बिहानको चिसोले हातमुख फुक्दै विद्यालय आउने विद्यार्थीहरुको पढाई प्रभावकारी बन्न सकिरहेको छैन ।
बारेकोट गाउँपालिकाको मात्र होईन, जिल्लाका अधिकांश स्थानहरुमा रहेको छ । विद्यालय टाँडा भएको कारण कयौं बालबालिकाहरु पठन पाठनबाट बन्चित भएका छन् । भारतीय भूमिमा श्रम ब्यथित गर्न पुगेका छन् । बारेकोट गाउँपालिका भित्र रहेका ६ वटा माध्यमिक विद्यालयहरु मध्ये सीता माध्यमिक विद्यालय पनि एक हो । यस विद्यालयमा बारेकोटका उच्च भेगहरुका बस्तीहरुबाट पठन पाठनमा गर्नको लागि विद्यार्थीहरु आउने गरेका छन् ।
अहिले महामारीको रुप लिएको कोभिड – १९ नामक कोरोना भाइरसले लामो समयसम्म विद्यालयको पठन पाठनमा उथल पुथल पु-याएको पठनपाठनमा आरम्भ भएको प्रधानध्यापक मनबहादुर रावतले बताए । कोरोनाको बिचमा पनि शैक्षिक अबस्था कक्षा कोठामा सुरक्षित खानेपानी लगायतको स्वास्थ्य मापदण्ड सहित पठन पाठन गराई रहेको प्रअ रावतको भनाई रहेको छ ।
प्रारम्भको क्रममा जाजरकोटका सातवटै स्थानिय तहका विद्यालयहरु सञ्चालनमा आएका छन् ।