arrow

प्रदेश नं १ मा १६५ संक्रमित थप

logo
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
covid-test-positive-corona.jpg

विराटनगर । प्रदेश नं १ पछिल्लो २४ घण्टाको अवधिमा १६५ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा गरिएको ८५४ जनाको पिसिआर परीक्षणमा ७१ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सुनसरीमा ७१, मोरङमा ४६ मध्ये विराटनगरमा २८, झापामा २०, सङ्खुवासभामा नौ, इलाममा चार, पाँचथरमा तीन, धनकुटा, भोजपुर र उदयपुरमा एक/एक र प्रदेश बाहिरका नौ जना रहेका छन् । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या अहिलेसम्म  २८ हजार ४१५ पुगेको छ । 

प्रदेशमा आज होमआइसोलेसन र विभिन्न कोभिड अस्पतालबाट ९७ संक्रमित निको भई घर फर्केका छन् भने निको हुनेको सङ्ख्या हालसम्म २३ हजार ३४३ पुगेको छ । यस प्रदेशमा हालसम्म एक लाख ९७ हजार ६३८ को पिसिआर परीक्षण भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ