arrow

मात्र आठ सेकेण्ड क्वारेन्टिन तोड्दा लाग्यो ३५ सय ४० डलर जरिवाना

logo
प्रकाशित २०७७ मंसिर २४ बुधबार
taiwan-hotel-qurantine.jpg

काठमाडौं । ताइवानमा मात्र ८ सेकेन्डले कोरोना भाइरस नियन्त्रणका लागि अनिवार्य क्वारेन्टिन तोडेको आरोपमा एक जनाले ३ हजार ५४० अमरेकी डलर जरिवाना तिर्नुपरेको छ । ताइवानले लगाएको अनिवार्य क्वारेन्टिनको नियम मात्र ८ सेकेन्डले तोडेको भन्दै फिलिपिनी आप्रवासीलाई यतिठूलो रकम जरिवाना गरिएको हो । 

उनी ताइवानको खाजासोङ शहरको होटलमा क्वारेन्टिनमा रहेका थिए । तर अनिवार्य क्वारेन्टिन मात्र ८ सेकेन्डले तोडेर उनी आफ्नो कोठाबाट होटेलको करिडोरमा आएको शहरी स्वास्थ्य विभागले जनाएको फोकस ताइवानले लेखेको छ । उनी अर्को कोठामा भएको साथीलाई भेट्न गएको पनि हुन सक्ने बताइएको छ ।  

होटेलका कर्मचारीले सीसीटीभी फुटेजमा उनी कोठा बाहिर निस्किएको देखेपछि स्वास्थ्य विभागमा खबर गरेका थिए । 

उनी गत महिनामात्र ताइवान आएका थिए । उनीे गत नोभेम्बर १३ तारिखको घटनामा दोषी पाइएका हुन् ।  

उनी अनिवार्य १४ दिने क्वारेन्टिनमा बस्नु पर्दथ्यो । त्यति लामो समय क्वारेन्टिन बसे पनि सम्भवतः समय सकियो भनेर उनी बाहिर आएको बुझिन्छ । 

तर नियममा अति कडाइ गर्ने ताइवानमा उनको बसाई महंगो पर्यो । उक्त शहरमा ५६ होटल छन् भने ३ हजार कोठा क्वारेन्टिनका लागि छुट्टाइएको छ । 

उक्त व्यक्तिलाई सबैभन्दा कम चार्ज गरिएको समेत स्वास्थ्य विभागले जनाएको छ । ताइवानमा बुधबार बिहानसम्म ७१८ जना मात्र कोरोना भाइरसका संक्रमित रहेका छन् । जसमा ७ जनाको ज्यान गएको छ । १२९ जना सक्रिय संक्रमित रहेका छन् । 



नयाँ