arrow

८२ करोड दिने अमिताभसहित यी कलाकार छन् फोर्ब्सको सूचीमा

logo
प्रकाशित २०७७ मंसिर २४ बुधबार
Shah-Rukh-Khan-Akshay-Kumar-Amitabh-Bachchan.jpg

काठमाडौं । फोर्ब्सले एसिया प्रशान्तका सोशल मिडियामा १०० सबैभन्दा प्रभावशाली सेलिब्रेटीहरूको सूची जारी गरेको छ। सूचीमा राजनीतिज्ञ, गायक, व्यवसायी र फिल्म कलाकारहरू छन्। धेरै बलिउड स्टारहरूले यसमा आफ्नो स्थान बनाउन सफल भएका छन्।

लकडाउनमा अधिकांश मानिसहरु घरमै आइसोलेशनमा बसे। यस्तो अवस्थामा बलिउड स्टारहरूले सोशल मीडियामा पोस्ट मार्फत व्यक्तिमा प्रभाव पारे। अमिताभ बच्चन, अक्षय कुमार, आलिया भट्ट, अनुष्का शर्मा र शाहरुख खान एसिया-प्रशान्त क्षेत्रमा सोशल मिडियाका सबैभन्दा प्रभावशाली व्यक्तिहरू हुन्।

यस सूचीमा अन्य भारतीय स्टारहरुमा रणवीर सिंह, कट्रिना कैफ, जैकलिन फर्नांडीज, रितिक रोशन, शाहिद कपूर, माधुरी दीक्षित, श्रेया घोषाल र नेहा कक्कड छन्। 

सूचीमा ह्यू ज्याकम्यान, दक्षिण कोरियाली बेन्ड ब्ल्याकपिंक, ब्यान्ड बीटीएस, अभिनेता तथा गायक जे चो, ली मिन-हो, पाकिस्तानी अभिनेत्री माहिरा खान, गायक आतिफ असलम र अन्य एसियाली कलाकारहरू पनि छन्।

अमिताभ बच्चन बलिउडका महान कलाकारहरू मध्ये एक हुन्। वर्षौंदेखि उनका ठूलो प्रशंसक रहेका छन्। फोर्ब्सको सूचीमा उनीका बारेमा लेखिएको छ ' दुई सयभन्दा बढी फिल्म बनाइसकेका दिग्गज अभिनेताले मे महिनामा आफ्नो स्टार पावर र सोशल मिडिया फलोअर्सको प्रयोग गरेर  कोभिड १९ राहतका लागि ७ मिलियन डलर (लगभग ८२ करोड नेपाली रूपैयाँ) जुटाउन मद्दत गरे। '

फोर्ब्सले यी सेलिब्रेटीहरू किन लोकप्रिय छन् भनेर पनि जोड दिएको छ। अक्षय कुमारलाई बलिउडको सबैभन्दा धेरै कमाई गर्ने अभिनेता शुन् । उनको चार मिलियन( ४७ करोड  नेपाली रूपैयाँ ) चन्दा पनि कठिन समयमा दिएको उल्लेख गरिएको छ।

शाहरुख खानको २०१८  मा अन्तिम फिल्म आएको थियो। यस बाहेक, उनी वृत्तचित्रहरूमा व्यस्त छन्। 

अभिनेत्री अनुष्का शर्मालाई फिल्म र टेलिभिजन निर्माताको रूपमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ