arrow

ऐतिहासिक गलकोट कोतघरको संरक्षणमा लगानी गर्ने प्रतिबद्धता

logo
रासस,
प्रकाशित २०७७ मंसिर २४ बुधबार
galkot3.jpg

गलकोट । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ऐतिहासिक गलकोट कोतघरको संरक्षण र विकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता व्यक्त बताएका छन् ।

 गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरको अवलोकनपछि बुधबार उनले पर्यटनको विकासका लागि सरकारले पूर्वाधार बनाउने, निजी क्षेत्रले लगानी गर्ने र नागरिक समाजले सकारात्मक प्रचार गर्नुपर्ने बताए ।

“खोप आएर कोभिड व्यवस्थापन हुनासाथ विदेशी पर्यटक घुम्नका लागि नेपाल आउन चाहन्छन्, त्यो अवसर छोपौँ, पूर्वाधार बनाऔँ”, मन्त्री लम्सालले भने ।

मन्त्री लम्सालले बागलुङको पर्यटनले फड्को मार्ने गरी योजना अघि बढाइने पनि बताए । उनले सहस्रधारा झरना र ऐतिहासिक गलकोट दरबारसमेत अवलोकन गरेका थिए ।

 मन्त्री लम्सालले आजै गलकोट कोभिड–१९ अस्थायी अस्पताल र नगर अस्पतालको पनि उद्घाटन गरेका छन् । वडा नं ५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा स्तरोन्नति गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ