arrow

पोखरामा थप चार जनाको मृत्यु

logo
प्रकाशित २०७७ मंसिर २४ बुधबार
Dead_Body.jpg.jpeg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप चार जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जना पुरुष र एक जना महिला छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १४ का ७४ वर्षका पुरुष छन् ।

उनको मंगलबार बिहान ७:२५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निमोनियाबाट ग्रसित पुरुषमा यही मंसिर १७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यसैगरी पोखरा १५ का ६७ वर्षका पुरुषको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ । उनका बुधबार बिहान ४:२० बजे गण्डकी मेडिकल कलेजमै मृत्यु भएको हो । चिनी रोगबाट ग्रसित ती पुरुषमा यही मंसिर २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, पोखरा १६ की ५९ वर्षकी एक महिलाको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ । उनको बुधबार बिहान ५:२० बजे पोखरास्थित फिस्टेल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी पोखरा १३ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । छातीको समस्याबाट ग्रसित ती पुरुषको मंगलबार राति १ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्युभएको डा. शर्माले जानकारी दिए । योसंगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ जना र गण्डकी प्रदेशमा १७६ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ