arrow

प्रदेश भित्रका कुनै पनि नागरिक भुमिहिन हुने छैनन् : मन्त्री साह

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ मंसिर २४ बुधबार
sailendra-saha1.jpg

जनकपुरधाम । प्रदेश भित्र कुनै पनि नागरिक भुमिहिन र अवास विहिन नरहने प्रदेश नम्बर दुईका भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह बताएका छन्।

बुधबार जनकपुरमा भुमि सम्बन्धि समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारी बीच हुने समझदारी पत्रमा हस्ताक्षर र अभिमुखिकरण कार्यक्रममा मन्त्री साहले बोल्दै भने प्रदेश सरकार,स्थानीय सरकार र आयोग मिलेर अगाडि बढ्छौ।

यो काम धेरै चुनौती पुर्ण रहेकाले विगतका सरकारहरुले पनि आयोग गठन गरेको थियो । कतिका काम राजनीतिका कारण हुन नसकेको मन्त्री साहले बताए । अहिलेको आयोग बिना राजनीतिमा बनाएको र पारदर्शी काम भइरहेको जानकारी दिए। मन्त्री साहले भने,' साच्चै हामी जुन उद्देश्यले आयोग गठन गरेको छौ, हामी सफलता पाउछौ।'

 कार्यक्रम  भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर दुई र भुमि समन्धी समस्या समाधान आयोग काठमाडौ संयुक्त रूपमा आयोजना गरेको थियो।
 मन्त्री साहका अनुसार यो पहिलो चरणमा २३ वटा पालिकामा यो कार्यक्रम ल्याएको र धेरै छिटो दोस्रो चरण पनि प्रदेश दुईको सबै पालिका ल्याउने बताए ।

धनुषाको मिथिला बिहारी नगरपालिका, मुखियापटी मुसर्निया गाँउपालिका महोत्तरीको गौशाला नगरपालिका, वर्दिवास नगरपालिका सप्तरीको तिरहुत गाँउपालिका, कंचनरुप नगरपालिका ,सुरुग्ङा नगरपालिका , सप्तकोसी नगरपालिका सिरहाको धनगढी नगरपालिका र गोलबजार नगरपालिका सर्लाही का वाग्मती नगरपालिका ,इश्वर पुर नगरपालिका , बरथवा नगरपालिका ,चन्द्र्नगर गौपालिका,वाराको कोल्हबी नगरपालिका , कलैया माई नगरपालिका , जितपुर सिमरा उपमहानगरपालिका ,सुवर्ण गाँउपालिका र पर्साको पोखरिया नगरपालिका र ठोरी गाँउपालिका रहेका छन् ।

कार्यक्रममा भुमि व्यवस्था ,कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव , आयोग का सदस्य जगत वहादुर देउजा, भिम बहादुर कार्की जगदेव यादव लगतका आ आफ्नो मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ