arrow

कोपा अमेरिका: कोलम्बिया र अमेरिका बिजयी

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
Copa_Usa_costarica.jpg.jpeg
काठमाडौं। अमेरिकामा जारि कोपा अमेरिक फुटबल प्रतियोगिता अन्तर्गत आयोजक अमेरिकाले कोस्टारिकालाई पराजित गरेको छ भने कोलम्बियाले पाराग्वेलाई पाखा लगाएको छ। 
 
अमेरिकाले कोस्टारिकालाई ४-०ले पराजित गरेको हो भने कोलम्बियाले पाराग्वेलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 
 
अमेरिका-कोस्टारिका
अमेरिका र कोस्टारिका बिचको खेलमा खेलको ९औं मिनेटमा पाएको पेनाल्टीलाई क्लिन्ट डेम्पसीले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। खेलको ३७औं मिनेटमा जेर्मनी जोन्सले दोस्रो गोल गरेका थिए भने ४२औं मिनेटमा बबी शो उडले तेस्रो गोल गरेका थिए। 
 
खेलको ८७औं मिनेटमा ग्राहाम जुसीले चौथो गोल गर्दै अमेरिकालाइ ४-०को जित दिलाएका थिए। कोस्टारिकाले केही मौका पाए पनि गोल गर्न सकेको थिएन्। 
 
कोलम्बिया-पाराग्वे
त्यसैगरि दोस्रो खेलमा कोलम्बियाका कार्लोस बाकाले खेलको १२औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। ३०औं मिनेटमा कोलम्बियाका स्टार खेलाडी हामेस रोड्रिगेजले गोल गर्दै खेलमा २-०को अग्रता दिलाएका थिए। 
 
पहिलो हाफमा कोलम्बियाो दबदबा रहे पनि दोस्रो हाफको ७१औं मिनेटमा पाराग्वेका विक्टर आएलाले गोल गर्दै पाराग्वेलाई खेलमा फर्काउने प्रयास गरेका थिए। दुवै टोलीले गोलको प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल कोलम्बियाले २-१ गोलले जितेको थियो। खेलको ८१औं मिनेटमा दोस्रो पहेंलो कार्ड पाउँदै ओस्कार रोमेरोले मैदान छाड्नु परेको थियो। 
 
भोलिको खेल ब्राजिल- हाईटी र ईक्वेडर-पेरु बिच हुनेछ। ब्राजिल-हाइटीको खेल नेपाली समय अनुसार बिहान ५:१५ मा हुनेछ भने ईक्वेडर-पेरुको खेल बिहान ७:४५ बजे हुनेछ। 



नयाँ