arrow

नेपालको आयकरको दर भारत भन्दा कम, चीनसँग समान

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
china-nepal-india.jpg.jpeg.jpeg
काठमाडौं। संस्थागत आयकरमा नेपाल र चीन एउटै स्थानमा रहेको अर्थमन्त्रालयले जनाएको छ । कुनैपनि संस्थाले नेपालमा र चीनमा आफ्नो कम्पनी सञ्चालन गर्दा आफ्नो आयमा लाग्ने करको दरमा नेपाल र चीनको बीचमा समानता रहेको देखिएको हो। अर्थमन्त्रालयका राजश्व महाशाखा प्रमुख सहितको कर सम्बन्धि परामर्श दिन गठित समितिले अर्थमन्त्रीलाई बुझाएको परिवर्तनमा अहिलेको नेपालको आयकरको दर समयसापेक्ष रहेको भन्दै यसमा खासै परिवर्तन आवश्यक नरहेको सुझाव दिएका थिए।
 
कुनैपनि मुलुकले संस्थागत आयकरको दर निर्धारण गर्नेबेलामा आफ्नो मुलुकामा विदेशी तथा स्वदेशी उद्योग धन्दा एवं व्यवसायिक घरानाहरूको आर्थिक स्थितिको विश्लेषण गरेर मात्रै संस्थागत आयकरको दर निर्धारण गर्ने गरिन्छ। त्यसै शिलशीलामा छिमेकी मुलुकहरूको संस्थागत आयकरको दरलाई अध्ययन गर्दा नेपालको संस्थागत आयकरको दर बंगलादेश भारत र श्रीलंकाको भन्दा कम रहेको छ । तथ्याङ्कका अनुसार सो दर मलेसिया चीन र नेपालको भने समान रहेको छ। नेपाल भन्दा थोरै रहेको अन्य छिमेकी मुलुकहरूमा भने सिंगापुरको मात्रै रहेको तथ्याङ्कले देखाएको छ।
 
यी आठ मुलुकको आयाकरको तुलना गर्दा बंगलादेशको आयकर नेपालकोभन्दा २ दशमलव ५ प्रतिशत बढी अर्थात् २७.५ प्रतिशत रहेको छ। त्यसैगरी भारतको ३० र श्रीलंकाको २८ प्रतिशत रहेको छ। त्यसैगरी नेपालको भन्दा थोरै रहेको सिंगापुरको भने जम्मा १७ प्रतिशत मात्रै संस्थागत कर रहेको तथ्याङ्कले देखाएको छ। आन्तरिक राजश्व विभागका प्रमुख कर अधिकृत लोकराज पौडेलले नेपालको हकमा यो दर सान्दर्भिक रहेको जानकारी दिए।
 
उनका अनुसार धेरै आयकर लगाउँदा पनि नेपालजस्तो अन्तराष्ट्रिय लगानी आकर्षित गराउनुपर्ने मुलुकमा बढी कर लगाउँदा लगानीकर्ताको आकर्षण नहुने र कम कर लगाउँदा पनि राज्यको प्रमुख हिस्सा ओगटेको आयकरको दर नै कम गर्दा राज्यको खर्च व्यवस्थापन गर्न नै कठिन हुने भएकोले नेपालको हकमा २५ प्रतिशतको दर ठीक रहेको प्रतिक्रिया दिए।
 
उनले २५ प्रतिशतको दर सामान्य दर रहेकोले यो बढी पनि नरहेको र घटिपनि नरहेको भन्दै तत्कालको लागि संस्थागत आयकरको दर परिवर्तन गर्नु नपर्ने धारणा व्यक्त गरे। अर्थमन्त्रालयलाई बुझाईएको उक्त प्रतिवेदनले सार्क मुलुकमा नेपालको संस्थागत आयकारको दर सबैभन्दा कम रहेको भएपनि थाईल्याण्ड र सिंगापुरको तुलनामा भने उच्च रहेको उल्लेख गरेको छ। अन्य विकसित मुलुकहरूमा आयकरको दरमा व्यक्तिगत आयकरको हिस्सा महत्वपूर्ण हुने भएपनि नेपाल जस्तो मुलुकमा संस्थागत आयकरको हिस्सा आयकरको संरचनामा ६० प्रतिशत रहेको पनि उल्लेख गरेको छ। 
त्यसो त नेपालले विगत १५ वर्षदेखि संस्थागत आयकरको दर स्थिर राख्ने नीति लिएको थियो । जसको करणले गर्दा पनि नेपालमा लामो समयदेखि आयकरको दर परिवर्तन भएको छैन। नेपालमा लाग्ने आयकरलाई आयकर ऐन २०५८ तथा आयकर नियमावली २०५९ ले निर्दिष्ट गर्ने गरेको छ।
 
नेपालको आयकर कर प्रणाली अनुसार व्यक्तिको आयमा आयकर लाग्दछ भने कर प्रयोजनको लागी व्यक्ति भन्नाले दुई प्रकारको व्यक्तिलाई बुझाउँदछ, पहिलोमा प्राकृतिक व्यक्ति तथा निकाय वा संस्था पर्दछन् । त्यस्तै किराना पसल, चिया पसल, स्टेशनरी पसल जस्ता अधिकांश सर्वसाधारणको पहुँचमा गरिने व्यवसायले अनुमानित कर तिरेका हुन्छन्।
 
जसका लागि एकल व्यवसायी फर्म भरेर त्यही अनुसार तिर्नुपर्दछ, बर्षको कारोबार २० लाख तथा फाइदा २ लाख भित्र छ र महानगरपलिका र उपमहानगरपालिका भित्र व्यवसाय सञ्चालन गरेको छ भने वर्षको ५ हजार कर तिर्नुपर्दछ। त्यस्तै नगरपालिका भित्र सञ्चालन गरिएको हो भने २ हजार ५ सय र गाविसमा १ हजार ५ सय रुपैंया कर तिर्नुपर्दछ।
 
त्यस्तै २० लाख भन्दा माथि ५० लाखसम्मको कारोबार गर्नेले नाफाको प्रतिशत हेरेर, ३ प्रतिशत भित्र छ भने कारोबार शुन्य दशमलव ५ प्रतिशत कर तिर्नु पर्दछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ