arrow

प्रदेश एकमा कति पुगे संक्रमित ?

logo
रासस,
प्रकाशित २०७७ मंसिर २५ बिहिबार
covid-test-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६० महिलासहित  १७५ कोरोना संक्रमित थपिएका छन् । 

थपिएका संक्रमितमध्ये सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा पाँच, धनकुटा र सङ्खुवासभामा दुई-दुई, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा एक-एक तथा प्रदेश  बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या २८ हजार ६७७ पुगेको छ भने बिहिबार ४९ जनासहित अहिलेसम्ममा २३ हजार ४५२ जना निको भएर घर फर्किसकेका छन् । सोही अवधिमा ९३४ जनासहित अहिलेसम्ममा एक लाख ९९ हजार १५९ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ