arrow

युरो २०१६ : कुन् टोली कस्ता ?

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
euro-2016-FNL-new.jpg.jpeg
काठमाडौं । आसन्न युरोकप २०१६ का लागि विभिन्न तयारीहरु पूरा भएका छन् । पहिलो पटक २४ राष्ट्रले खेल्न लागेको युरोकप निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । जहाँ पाँच नयाँ राष्ट्रले पहिलो पटक सहभागिता जनाउँदै छन् भने पूर्व विजेता नेदरल्याण्ड, डेनमार्क र ग्रिस छनोट हुन सकेनन् । युरोकपमा सहभागि हुने यि २४ राष्ट्रको इतिहास यस्तो छ ।  
समूह ‘ए’
फ्रान्स
विश्व फुटबलमा बलियो नाम हो फ्रान्स । उसले युरोकपको उपाधि २ पटक जितिसकेको छ भने सन् १९९८ मा भएको विश्वकपमा घरेलु मैदानमै ब्राजिललाई हराउँदै पहिलो पटक उपाधि उचालेको थियो ।  फ्रान्समा हुन लागेको संस्करणमा घरेलु टोली उपाधि जित्दै ह्याट्रिक गर्ने योजनामा छ।
 
रोमानिया
युरोकपमा पाँचौ पटक सहभागि हुन लागेको रोमानियाले हालसम्म युराेकपकाे एक खेल मात्रै जितेको छ। युरोकपमा उसको सर्वाधिक सुखद नतिजा सन् २००० मा भएको युरोकपमा क्वार्टरफाइनल सम्म पुग्नु हाे । सात पटक विश्वकप खेलिसकेको रोमनिया यो युरोकपको औषत टोली हो। 
 
अल्बानिया
आफ्नो इतिहासमा पहिलो पटक प्रतिष्ठित प्रतियोगिता खेल्न लागेको अल्वेनियन टोलीको लागि  यो समूह चरण पार गर्न त्यति सहज भने हुने छैन उसका लागि यो पहिलो युरोकप अनुभव संगाल्ने सुनौलो मौका हुनेछ। 
 
स्वीट्जरल्याण्ड
तीन पटक युरोकप खेलिसकेको स्वीट्जरल्याण्डले हाल सम्म राम्रो प्रभाव छोड्न सकेको छैन। तर स्वीट्जरल्याण्डको युरोकप इतिहास राम्रो नरहे पनि विगत केही वर्षबाट स्वीट्जरल्याण्डको प्रदर्शनमा व्यापक सुधार आएको छ। दश पटक विश्वकप खेलेको स्वीट्जरल्याण्ड आसन्न युरोकपमा उसको आँखा सेमिफाइनल सम्म पुगिसकेको अर्थात सेमीफाइनल सम्मको यात्राको दावेदारी प्रशिक्षकले गरिसकेका छन् । उसको जारी फर्मलाई यो युरो कपमा जारी राख्ने हो भने यो युरो कपमा ठुलो टोलीलाई हराउन सक्ने क्षमता छ ।
 
समूह ‘बी’ 
इङ्ल्यान्ड
सन् १९९८ को विश्व  विजेता इङ्गल्याण्डले हालसम्म युरोकप जित्न सकेको छैन । यद्यपि, हरेक युरोकपमा उसको प्रदर्शन शानदार रहने गर्दछ । सुपरस्टार खेलाडी वायन रुनीको कप्तानीमा रहेको इङ्गलिश टोली  यो पटकको उपाधि कब्जा गर्दै आफ्ना समर्थकलाई खुसियाली दिन चाहान्छ ।   
 
रुस 
सन् २०१८ को  विश्वकपको आयोजना गर्ने जिम्मा पाएको रुसी टोलीको लागि यो युरोकप विशेष हुनेछ । सन् १९९६ देखि हालसम्म निरन्तर युरोकपमा छनोट हुँदै आएको यो टोलीको युरोकपमा पाँचौ सहभागिता हो । ११  पटक विश्वकप खेलिसकेको रुस यो प्रतियोगितमा सामान्य टोली हो।
 
वेल्स
आफ्नो पहिलो  ठुलो  अन्तराष्ट्रिय प्रतियोगिता खेल्न गैरहेको वेल्सको लागि यो प्रतियोगितामा धेरै आशा गर्न सकिँदैन रियाल मड्रिड स्टार ग्यारेथ बेल रहेको यो टोलीले युरोकपमा कस्तो प्रदर्शन गर्नेछ भन्ने पूर्णतः उनीमा भर पर्नेछ।
स्लोभाकिया 
स्लोभाकिया छुट्टै  देशको नामले पहिलो पटक युरोकप छनोट भएको हो । यस भन्दा अघि चेकस्लोभाकिया को नामबाट चेक गणत्रन्त र स्लोभकिया ले खेल्ने गर्थै । आफ्नो पहिलो युरोकप खेल्न लागेको स्लोभाकिया सन्तुलित युवा टोलीले सजिएको छ ।  
 
समुह ‘सी’
जर्मनी
विश्व फुटबलमा जहिले पनि महाशक्ति बज्योजर्मनी । उसले  युरोकप ३ तथा विश्वकप  ४ पल्ट जितेको छ। उसले १९७२, १९८०, १९९०  र सन् २००१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा स्तब्ध पार्दै उपाधि उचालेको थियो । सन् १९७२ , १९८० तथा १९९६ मा युरोकप जितेको  थियो । युवा टोली रहेको जर्मन टोलीसँग अनुभवको पनि कमी छैन । यही टोलीले सन् २०१४ को विश्वकप जितेको थियो। युरोकपमा सर्वाधिक ११ पल्ट सहभागि भएको जर्मनी ६ पटक फाइनलमा पुगेको छ ।  
 
पोल्याण्ड
२ पल्ट युरोकप खेलिसकेको पोल्याण्ड दुबै पटक समूहको अन्तिममा रहयो । हालसम्म एक खेल पनि युरोकपमा नजितेको पोल्याण्डले विश्वकपमा भने आफ्नो छाप छोडेको छ । कुल ७ विश्वकपमा भाग लिएको यसले २ पटक तेस्रो स्थान हसिल गरेकोछ । यसपटकको युरोकप छनोटमा उसको प्रदर्शन शानदार रह्यो । फरवार्ड रोबर्ट लेभान्डोस्कीले १० खेल खेल्दै १४ गोल गरेका थिए । जुन सो प्रतियोगिता कै सर्वाधिक गोल हो । यो युरोकपमा पोल्याण्डले सुदृढ प्रदर्शन गर्ने टोलीको रुपमा हेरिएको छ । 
 
युक्रेन
सन् १९९१ मा सोभियत संघबाट छुटिएपछी सन् २०१२ मा पहिलो पटक युरोकप आयोजना संयुक्त रुपमा पोल्याण्ड र युक्रेनले गरे । जसमा युक्रेनले आयोजक भएको कारणले सिधै युरोकप खेल्ने मौका पाएको थियो । यो पल्ट भने युक्रेनले छनोट चरण पार गर्दै युरोकप खेल्ने पक्का भयो । 
 
उत्तरी आयरल्याण्ड
छनोट चरणको समूह ‘एफ’मा रहेको उत्तरी आयरल्याण्ड पहिलो पटक युरोकप खेल्ने क्रममा आफ्नो समूहको १० खेलमा ६ जित तथा ३ बराबरी खेल्दै १ खेलमा मात्र पराजित हुन पुगेको थियो। कुल ६ टोली सहभागि उक्त समूहमा उत्तरी आयरल्याण्ड २१ अंक साथ पहिलो हुँदै युरोकपमा छनोट भएको हो।  
 
समूह ‘डी’ 
स्पेन
डिफेन्डिङ्ग च्याम्पियन स्पेनको विश्व फुटबलमा एक छत्र राज गरिरहेको छ । सन् १९६४ मा पहिलो युरोकपमा सहभागि भएको स्पेन सन् २०१६ भन्दा अघिसम्म ९ पल्ट युरोकप खेल्ने क्रममा ३ पल्ट उपाधि जितेको छ भने एक पटक उप–विजेतामा सिमित भएको छ । सन् २०१० को विश्वकप विजेता टोली यो युरोकपको लागि भएको छनोट चरणमा भएको १० खेलमा ३ गोल मात्र खादै २३ गोल गरेको थियो । यो युरोकपको उपाधिको दावेदार मानिएको यो टोलीमा युवा खेलाडीलाई प्राथमितामा राखिएको छ । जस कारण फर्नान्डो टोरेस तथा डिएगो कोस्टा जस्ता हस्तीहरु यो युरोकप बाहिरैबाट हेर्न बाध्य हुनेछन् ।
 
चेक गणतन्त्र
सन् १९९६ बाट निरन्तर युरोकप खेल्न सुरु गरेको चेक गणतन्त्र सन् २०१६ सम्म गरेर कुल ६ पटक छनौट भएको छ।  युरोकपमा उसको सबै भन्दा सुखद प्रदर्शन सन् २००४ मा पोर्चुगलमा भएको युरोकप को सेमिफाइनल सम्म पुग्नु हो ।सेमिफाइनलमा ग्रिस सग १–०  ले पराजित हुँदै घर फर्किएको थियो । हालसम्म ९ पटक विश्वकप खेलेको  चेक २ पटक उपविजेता भएको छ । 
 
टर्की  
आसन्न युरोकप अघिसम्म ३ युरोकपमा सहभागि भएको टर्की सन् २००८ मा भएको युरो कपको सेमिफाइनलसम्म पुगेर सबैलाई आश्चर्यमा पारेको थियो। यो पल्ट भने छनोट चरणमा तेस्रो स्थानमा रहेर पनि सबै भन्दा राम्रो तेस्रो हुने टोलीको कोटाबाट यो युरोकपको टिकट काटेको हो। हाल सम्म २ पटक विश्वकप खेलेको टर्कीले सन् २००२ मा तेस्रो स्थान हासिल गरेको थियो । 
  
क्रोएसिया
पाँचौ पटक यो युरोकप खेल्न लागेको क्रोएसिया युरोकपमा औषत प्रदर्शन गर्ने टोलीको रुपमा रहेको छ। २ पटक क्वार्टफाइनल खेलिसकेको क्रोएसिया सन् १९९८ फ्रान्समा भएको विश्वकपमा तेस्रो भएको थियो। फ्रेन्च भूमि उसका लागि निकै लाभदायक छ । त्यसैले यस पटक पनि सन् १९९८ को विश्व कपकै नतिजा होहोर्याउने दाउमा क्रोएसिया छ ।
 
समूह ‘ई’
बेल्जियम
युवा खेलाडी मात्र रहेको यो टोली पछिल्लो केही समय यता उत्कृष्ठ खेल खेल्दै आएको छ । विगत २ वर्ष यता निरन्तर फिफा विश्व वरियतामा शीर्ष ३ मा पर्दै आएको बेल्जियम टोली यो युरोकपको लागि हेर्न लायक टोली हुनेछ। सन् १९८०को युरोकपको उपविजेता बेल्जियम जुन सुकै बेला जुन सुकै टोलीलाई हराउदै अघि बढ्ने क्षमता राख्ने टिम हो ।  यो टोली देखि यो युरोकपमा ठूला भनिएका टोलीहरु समेत सावधान रहदै खेल्नेछन् ।
 
ईटली 
सन् २०१२ को युरोकपको उपविजेता तथा सन् १९६८ को युरो विजेता टोली इटालीमाथि यो युरोकपमा सबैको आखाँ रहने छ। युरोपियन फुटबलमा सशक्त मानिने यो टोली ४ पटकको विश्व विजेता हो। अघिल्लो सिजनमा जर्मनीसंग फाइनलमा ४–० गोल अन्तरले पिडादायी हार व्यहोरेको टोली यो युरोकप जित्दै त्यो पीडा भूलाउने प्रयासमा हुनेछ ।  
 
आयरल्याण्ड
युरोकप छनोट चरणको समूहमा तेस्रो स्थानमा रहँदै प्ले अफमा बोज्निया हर्सगोभिनालाई समग्रमा ३–१ ले हराउँदै यो पटकको युरोकपको टिकट काटेको हो । यसअघि २ पटक युरोकप खेलेको यो टोलीले समूह चरण पार गर्न सकेको छैन।
 
स्वीडेन
जाल्टन इब्रामोभिचको प्रेरणादायी कप्तानी तथा प्रदर्शनमा रहेको यो टोलीको यो युरोकपमा प्रदर्शन कस्तो हुनेछ भन्ने कप्तानकै प्रदर्शनमा निर्भर हुनेछ । आफ्नो एक्लो प्रयासले राष्ट्रलाई युरोकप खेलाउने क्रममा स्वीडेन प्ले अफको बाटो हुँदै यो युरोकपमा आइपुगेको हो । छैटौं युरोकप खेल्ने तरखरमा रहेको यो टोलीले हालसम्म २ पटक क्वार्टरफाइनल सम्मको यात्रा गरेको छ ।
 
समूह ‘एफ’ 
पोर्चुगल
स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल यो युरोकपको उपाधिको प्रमुख दावेदार मध्ये एक टोली हो। रोनाल्डो, नानी, पेपे जस्ता स्टार खेलाडी रहेको यो टोलीले हालसम्म एक पटक पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । त्यसैले यो युरोकप जित्दै उ आफ्ना समर्थकलाई पहिलो उपाधिको खुसीयाली दिन चाहान्छ।  युरोकपमा ६ पल्ट सहभागिता जनाएको पोर्चुगलको सबै भन्दा सुखद् नतिजा सन् २००४ मा आफ्नै घरेलु भूमिमा भएको युरो कपमा फाइनल सम्म पुग्नु हो । 
 
आइसल्याण्ड
आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको आइसल्याण्डले यो युरोकप को लागि भएको छनोटको समूह चरणको खेलमा नेदरल्याण्डसंग भएका (दुबै खेल होम एण्ड अवें)मा जित हासिल गरे यात्रा तय गरेको हो । यसपटकको युरोकप उसको लागि सिक्ने ठाऊ बन्नेछ। 
 
अष्ट्रिया
युरोकप छनोट समूह ‘जी’को विजेता बन्दै दोस्रो पटक युरोकपको लागि छानिएको यो टोली उक्त समूहमा अपराजित रहँदै छनोट भएको हो। उसले कुल १० खेलमा ९ मा जीत  तथा १ बराबरी खेल्दै यो युरोकपमा छनोट भएको हो। 
 
हंगेरी 
तत्कालिन फुटबल महारथी हंगेरी सन् १९६४ र १९७२ गरेर कुल दुई युरोकप खेल्दा हंगेरी दुबै पटक सेमिफाइनल पुगेको थियो। भने विश्वकपमा २ पटक उपविजेता बन्यो । दशकौं पछि फेरी उसले अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ