arrow

ओली सरकारले लिएको राजश्वको लक्ष्य स्वभाविक !

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
oli-and-budget-new.jpg.jpeg.jpeg
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको लागि ५ खर्ब ५६ अर्ब ८९ करोड ६५ लाख रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ। जुन असम्भव भनेर विज्ञहरुको यावत टीकाटिप्पणी गरिरहेका छन्। तर यथार्थमा यो लक्ष्य असम्भव र बढी महत्वाकांक्षी लक्ष्य नभएर राजश्वको लक्ष्य प्रतिशतमा आर्थिक वर्ष २०७१-७२ को भन्दा कम देखिएको हो।
 
आर्थिक वर्ष २०७३-७४ को कूल बजेटको ५३ दशमलव ९ प्रतिशतको हिस्सा बोकेको राजश्व संकलनको लक्ष्य नै हावादारी रहेको भनेर यावत आलोचना भएपनि विगतको तथ्याङ्कलाई आधार मान्दा सरकारको यो लक्ष्य स्वभाविक रहेको देखिन्छ। 
कुनैपनि आर्थिक वर्षको बजेट विनियोजन गर्दा सबैभन्दा पहिले राजश्वबाट प्राप्त हुने आम्दानीको स्रोतलाई प्राथमिकता दिईन्छ। 
 
राजश्व संकलनमा क्रियाशील कर्मचारीहरूका अनुसार हरेक वर्षको बजेटमा अघिल्लो वर्षको भन्दा २० देखि २५ प्रतिशतले बढी हुन आउने राजश्वको रकम आकलन गरिन्छ। यो वर्षपनि सरकारले अघिल्लो आर्थिक वर्ष भन्दा २२ दशमलव ९ प्रतिशतले बढी हुन आउने राजश्वको आकलन गरेकोले यो अस्वभाविक नरहेको कर्मचारीहरुको बुझाई छ।
 
आर्थिक वर्ष २०७३-७४को राजश्वको लक्ष्य आर्थिक वर्ष २०७२-७३ को  संशोधित अनुमान भन्दा १ खर्ब ५ अर्ब ४७ करोडले बढी रहेको देखिएपनि सरकारले राजश्व संकलनमा लिएको लक्ष्यलाई प्रतिशतमा हेर्दा यो स्भाविक देखिएको हो। 
 
सरकारले आर्थिक वर्ष २०७०-७१ मा लिईएको राजश्वको लक्ष्य आव २०६९-७०को भन्दा १९ दशमलव ८७ प्रतिशत बढी थियो। त्यसैगरी सरकारले आव २०७१-७२ मा  ४ खर्ब ४१ अर्ब ४३ करोड ५३ लाख ६ हजार राजश्व उठाउने लक्ष्य लिएको थियो।
 
जब कि आव २०७०-७१को संशोधित अनुमान अनुसार उक्त आर्थिक वर्षमा तीन खर्ब ५४ अर्ब ५२ करोड ९४ लाख ३० हजार रूपैयाँ राजश्व उठाउने लक्ष्य लिएको थियो। जुन संशोधित अनुमानको तुलनामा २४ दशमलव ५१ प्रतिशत हुन आउँछ। यो तथ्याङ्कले के पुष्टि गर्छ भने त्यो समयमा प्रतिशतकै हिसावले अहिलेको भन्दा पनि बढी राजश्वबृद्धिको लक्ष्य सरकारले लिएको थियो।
 
अंकमा हेर्दा अघिल्लो आर्थिक वर्षको भन्दा सरकारले उक्त आर्थिक वर्षमा ८६ अर्ब ९० करोड ५८ लाख ७६ हजार रूपैयाँ बढी राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो। 
 
त्यसैगरी, अर्को आर्थिक वर्ष  २०७२-७३ मा भने बजेटको लक्ष्यमा २० प्रतिशत मात्रै बढी राजश्व संकलन गर्ने लक्ष्य लिईएको थियो। अहिलेको चालू आर्थिक वर्षको लागि सरकारले ४ खर्ब ७५ अर्ब १ करोड २१ लाख रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ। जुन आर्थिक वर्ष २०७१-७२ को संशोधित अनुमानको तुलनामा २० दशमलव ७१ प्रतिशत बढी हो। जुन अंकमा भन्दा अघिल्लो आर्थिक वर्षको संशोधित अनुमानको भन्दा ८१ अर्ब ५० करोड ५४ लाख ३६ हजार रूपैयाँ बढी हुन आउँछ। 
 
आन्तरिक राजश्व विभागमा कार्यरत कर अधिकृतहरू यो लक्ष्य असामान्य नरहेको र बाहिर आएजस्तो संकलनका लागि कठिन हुने प्रकृतिको नरहेको दाबी गर्छन्। उनीहरूका अनुसार हरेक वर्ष अघिल्लो वर्ष सरकारले राजश्व संकलनको अनुमान गर्दा २० देखि ३० प्रतिशत बढी नै अनुमान गर्ने भएकोले यो वर्ष एक खर्ब भन्दाबढी राजश्व् कसरी संकलन गर्ने भनेर चिन्ता चिन्ता लिनु पर्ने अवस्था छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ