arrow

तिलौराकोट गुरुयोजनाले कपिलवस्तुको मुहार फेरिने छः पोखरेल

logo
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
shankar-pokh.jpg

चन्द्रौटा । मुख्यमन्त्री शंकर पोखरेलले तिलौराकोट गुरुयोजनाले जिल्लाको मुहार फेरिने जनाएका छन् । मुख्यमन्त्री पोखरेलले शुक्रबार कपिलवस्तुको चन्द्रौटामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशकै पछाडि परेको कपिलवस्तुमा प्रदेश सरकार बनेपछि विकासले फड्को मारेको जनाउँदै  उत्तरी भेगमा रेलमार्ग र दक्षिणी क्षेत्रमा हुलाकी राजमार्गको कामले गति लिएको  बताए । 

शिवराज नगरपालिका क्षेत्रमै प्रदेशस्तरीय सरुवा रोग निर्माणको काम अघि बढेकाले नागरिकलार्ई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताउँदै जिल्लामा सिंचाइका लागि राप्ती सुरही नाका डाइभर्सन र कालीगण्डकी तिनाउ डाइभर्सन योजनाले पूर्ण रुपमा सिंचाइ गर्न सकिने जनाए । 

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश क्षेत्रभित्र पूर्वपश्चिम सडक छेउछाउमा फोहोरमैलाको समस्या रिफ्रेस सेन्टरले हटाएको बताए । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले वातावरण संरक्षण र विकासनिर्माणमा द्वन्द्व भएकाले सन्तुलित तरिकाले विकासको योजना अघि बढाउनुपर्ने विचार राखे ।

  दुई वर्षभित्र सम्पन्न हुने गरी पहिलो चरणमा रु तीन करोड ६४ लाख लागतमा भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले रिफ्रेस सेन्टर निर्माण जिम्मा पाएको छ । स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेष्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ स्थल, सिटिङ एरिया, पाथ वे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेशन, चालक कक्षलगायत संरचना बन्नेछन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ