- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गाँजालाई वैधता दिन खुलेआम गाँजा सेवन हुन थालेको छ । गाँजालाई वैधता दिन अहिले विश्वभर नै बहस चलिरहेको छ ।
उक्त क्रममा कोलम्बियामा पनि माग भइरहेको छ । गाँजाको अवैधता हटाउन माग गर्दै कोलम्बियाको मेडेलिनमा युवाहरुले र्यालीको आयोजना गरेका छन् ।
उक्त क्रममा युवाहरुले खुलेआम गाँजा सेवन गरेका छन् ।
लागुऔषध सम्बन्धी संयुक्तराष्ट्र संघीय नियोगले पनि गाँजालाई लागुऔषधको सूचीबाट गत हप्ता हटाएको छ । यसबाट गाँजाको प्रतिबन्ध हटाउनुपर्ने पक्षमा रहेकाहरु उत्साहित बनेका छन् ।
अहिले राष्ट्र संघीय नियोगले गाँजालाई लागुऔषधको सूचीबाट हटाएपछि यसका पक्षधरहरु उत्साही बनेका छन् । गाँजाको खुलेआम प्रयोग गर्न पाउनु पर्ने र खेती गर्नुपर्ने माग बढेको छ ।
नेपालमा पनि ४५ वर्षअघिदेखि प्रतिबन्धित छ । तर आयुर्वेदिक औषधिमा यसको प्रयोग हुँदै आएको छ ।