arrow

युरो २०१६ : पारस बच्चैदेखि फुटबलका फ्यान तर खेलाडी छानेका छैनन्

logo
चन्द्र धामी,
प्रकाशित २०७३ जेठ २६ बुधबार
Parash_khadka_hamrakura.jpg.jpeg
काठमाडौं । बच्चा देखिनै फुटबलको ठूलो फ्यान हुँ । युरोकप निकै रोचक लाग्छ । यसमा राष्ट्रहरुबीच भिडन्त हुने भएकाले बढी भन्दा बढी प्रतिस्पर्धा हुन्छ । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले हाम्राकुरासंग भने, ‘युरोपियन च्याम्पियनसिप हो । उतिकै रोचक र प्रतिस्पर्धात्मक हुन्छ ।’ प्रतिष्ठीत र महत्पवूर्ण इभेन्ट हो । युरोकप आगामी शनिबार देखि फ्रान्समा हुँदैछ । यसपटक पहिलो चोटी २४ राष्ट्र सहभागि हुँदै छन् । 
 
नेपालमा राति राति नसुतेर फुटबल हेर्ने क्रेजबारे कुरा गर्दै पारसले भने, ‘फुटबलमा हाम्रो धेरै क्रेज छ । तर युरोपको जस्तो हुन सक्दैन । देश अनुसारको भेष भनिन्छ ।’ यद्यपि, नेपाली फुटबलको भविष्य राम्रो देख्छन् पारस । 
 
कुन खेलाडी र टिम मन पर्छ ? 
पारसले आफुलाई यही खेलाडी र टिम भन्ने नरहेको बताए । यद्यपि, उनले क्रिकेट अभ्यासलाई छोडेर पनि विश्वकप फुटबलका गेम हेरेको सुनाए । उनले भने, ‘यो वा त्यो भन्नु भन्दा पनि को कस्ले कसरी खेल्छन् । कस्को प्रदर्शन कस्तो रहन्छ भन्ने महत्वपूर्ण हो ।’ हामीलाई फुटबल मनोरन्जन र लेसन्स दुबै हो । 
 
नेपाली फुटबलमा लगानी पुगेको छैन 
पारसले नेपाली फुटबलको भविष्य रहेको भन्दै अझै लगानी नपुगेको बताए । उनले भने, ‘बंगबन्धु र साग जितिसकेको टोलीमा योङ्ग खेलाडी छन् । जुझारु टिम छ । तर, लगानी अझै पुगेको छैन ।’ उनले कुनै पनि खेलको विकासका लागि लगानी हुनु पर्ने बताए । खेललाई प्राथमिकतामा नपारिए खेल जगत्को विकास हुन नसक्ने उनको भनाई छ । उनले भने, ‘रिजल्ट खोजेर मात्र हुँदैन ।’
 
क्यानको विवाद टुंगिनेबारे कसैलाई थाहा छैन 
क्यान विवाद उत्कर्षमा पुगेपछि निलम्बनको कारबाही व्यहोरिरहेकामा अहिले आइसीसीले नेदरल्याण्ड्सविरुद्धको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका लागि निर्देशन दिएको छ । पारसले आफुहरु अहिले त्यसैमा लागेको जानकारी दिए । वुधबार मात्रै २४ जना खेलाडीको बन्द प्रशिक्षण टोली घोषणा भएको छ । जसमा पुराना १८ नयाँ ६ जना छन् । कीर्तिपुर मैदानमा आफुहरु ट्रेनिङ गरिरहेको जानकारी पारसले दिए । पासरले क्यानविवादबारे खासै बोल्न नमिल्ने बताउँदै अब के हुन्छ भन्नेबारे कसैलाई थाहा नभएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ