arrow

युरो २०१६: पाँच टोली पहिलो पटक युरो खेल्दै

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
eurocup-2016-new-team.jpg.jpeg
एजेन्सी। युईएफए युरो २०१६ नजिकिंदै गर्दा फुटबल प्रेमीहरुमा खेलको ब्यग्र प्रतिक्षा शुरु भएको छ। विश्वभरिका फुटबल प्रेमीहरुले पच्छ्याउने युरोलाई मिनी विश्वकप भन्दा पनि हुने गर्छ। यही समयमा दक्षिण अमेरिकी फुटबल कोपा अमेरिका पनि जारी रहेको छ। 
 
युरो कपका पुर्व बिजेताहरु नेदरल्याण्ड, ग्रीस र डेनमार्क छनौट नभएको युरोमा ५ वटा नयाँ टोलीले खेल्दैछन्। अल्बानिया, आइसल्याण्ड, नर्देन आयरल्याण्ड, स्लोभाकिया र वेल्स यसपाली युरोमा पहिलो पटक प्रतिस्पर्धा गर्दैछन्। 
 
युरोमा छनौट हुनु भनेको आफैमा फुटबलको स्तर धेरै राम्रो रहेको जनाउ दिने गरेको छ। विश्वमा कुनै फुटबल लिग चर्चित छ भने त्यो युरोपको नै हो। प्रिमियर लिग, ला लिगा, फ्रेन्च लिग, बुण्डेसलिगा, सिरी ए आदि केही विश्वचर्चित फुटबल लिगहरु रहेका छन्। 
 
विश्वभरिका फुटबल खेलाडीहरुको सपना युरोपको ठुलो लिग खेल्ने हुन्छ। नाम, दाम मनग्य पाईने उक्त लिगहरुमा खेल्दा गरिएको प्रदर्शनले आफ्नो राष्ट्रिय टोलीमा पर्ने संभावना पनि बढाउने गर्छ। 
 
पहिलो पटक युरो खेलिरहकेा टोलीहरुको बारेमा केही जानकारी खोज्ने क्रममा केही राम्रा सुचनाहरु खोज्न सफल भैएको छ। हेरौं कस्ता छन् ति ५ टोली जो पहिलो पटक युरोमा सहभागि हुँदैछन्। 
 
अल्बानिया
फिफाको बरियतामा ४२औं स्थानमा रहेको अल्बानिया अगस्त २०१५मा २२औं स्थानसम्म पुगेको थियो। सन् १९९७मा १२४औं स्थानमा रहेको अल्बानियाले त्यहाँबाट निरन्तर प्रगति गरिरहेको छ। 
 
युरोमा छनौट हुने क्रममा अल्बानियाले पोर्चुगललाई एक पटक पराजित गरेको थियो। त्यो बेला  डेनमार्कसँग बराबरी गरेको अल्बानियाले छनौट हुने लक्षण देखाईसकेको थियो।
 
पहिलो पटक ठुलो प्रतियोगिता खेलिरहेको अल्बानिया युरो २०१६को समुह 'ए' मा रहेको छ।समुह 'ए'मा अल्बानिया सहित फ्रान्स रोमानिया र स्विजरल्याण्ड रहेका छन्। 
 
आफ्नो इतिहासमा पहिलो पटक प्रतिष्ठित प्रतियोगिता खेल्न लागेको अल्वेनियन टोलीको लागि  यो समूह चरण पार गर्न त्यति सहज भने हुने छैन उसका लागि यो पहिलो युरोकप अनुभव संगाल्ने सुनौलो मौका हुनेछ। 
 
आइसल्याण्ड
छनौट चरणमा नेदरल्याण्ड जस्तो फुटबलको शक्तिशाली टोलीलाई पन्छाएर आएको आईसल्याण्ड फिफा बरियतामा ३५औं स्थानमा रहेको छ। सन् २०१५ जुलाईमा २३औं स्थानमा रहेको टोलीको यो नै सबैभन्दा उच्च बरियता हो। सन् २०१२ अप्रिलमा १३१औं बरियतामा रहेको आइसल्याण्ड त्यो भन्दा तल झर्नु परेको छैन्। 
 
नेदरल्याण्ड जस्तो बलियो टोलीलाई छनौट चरणमा दुई पटक हराएर आएको आइसल्याण्ड समुह 'एफ'मा अष्ट्रिया, पोर्चुगल र हंगेरी रहेको समुहमा रहेको छ। 
 
आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको आइसल्याण्डले यो युरोकप को लागि भएको छनोटको समूह चरणको खेलमा नेदरल्याण्डसंग भएका (दुबै खेल होम एण्ड अवें)मा जित हासिल गरे यात्रा तय गरेको हो । यसपटकको युरोकप उसको लागि सिक्ने ठाऊ बन्नेछ। 
 
उत्तरी आयरल्याण्ड
तीन पटक विश्वकप खेलेको उत्तरी आयरल्याण्डको यो पहिलो युरो सहभागिता हुनेछ। सन् १९५८, १९८२ र १९८६मा विश्वकपमा सहभागिता जनाईसकेको उत्तरी आयरल्याण्डले सन् १९८२को विश्वकपमा क्वार्टरफाईनलसम्मको यात्रा तय गरेको थियो।
 
फिफा बरियतामा २५औं स्थानमा रहेको उत्तरी आयरल्याण्ड समुह 'सी'मा विश्वकप बिजेता जर्मनी, पोल्याण्ड र युक्रेन रहेको समुहमा छ। उत्तरी आयरल्याण्ड युरो छनौटमा आफ्नो समुहमा पहिलो भएर छनौट भएको हो
 
छनोट चरणको समूह ‘एफ’मा रहेको उत्तरी आयरल्याण्ड पहिलो पटक युरोकप खेल्ने क्रममा आफ्नो समूहको १० खेलमा ६ जित तथा ३ बराबरी खेल्दै १ खेलमा मात्र पराजित हुन पुगेको थियो। कुल ६ टोली सहभागि उक्त समूहमा उत्तरी आयरल्याण्ड २१ अंक साथ पहिलो हुँदै युरोकपमा छनोट भएको हो।
 
स्लोभाकिया
सन् २०१० को विश्वकप खेलेर प्रि-क्वार्टरफाईनल पुगेको स्लोभाकियाको युरो २०१६मा पहिलो पटक सहभागी हुँदैछ। फिपा बरियतामा २४औं स्थानमा रहेको स्लोभाकिया सन् २०१५ अगस्तमा १४औं स?थानमा रहेको थियो। सन् १९९३मा १५०औं स्थानमा रहेको स्लोभाकियाले युरोमा कस्तो प्रदर्शन गर्नेछ कौतुहलताको बिषय रहेको छ। 
 
युरो छनौट समुहमा स्पेन पछि दोस्रो भएर युरो २०१६कालागि स्लोभाकिया छनौट भएको हो। ईङलीश क्लब लिभरपुलका खेलाडी मार्टिन स्कर्टलको कप्तानीमा रहेको स्लोभाकिया युरोमा संघर्ष गरेर छनौट भएको हो। 
 
वेल्स
फिफा बरियताको २६औं स्थानमा रहेको वेल्सको पहिलो युरोमा रियाल मड्डरिका स्टार गारेथ बेलबाट ठुलो आशा रहेको छ। अक्टोबर २०१५मा आठौं स्थानमा रहेको वेल्स सन् २०११ अगस्तमा ११७औं स्थानमा रहेको थियो।
 
सन् १९५८मा फिफा विश्वकप खेलेको वेल्सले त्यसपछि कुनै पनि विश्वकपमा छनौट चरण पार गर्न सकेको छैन्। आर्सनलका आरोन राम्से, लिभरपुलका जो एलेन, लेस्टरका एण्डी किंग सम्मिलित टोलीले यसपालीको युरोमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
 
आफ्नो पहिलो  ठुलो  अन्तराष्ट्रिय प्रतियोगिता खेल्न गैरहेको वेल्सको लागि यो प्रतियोगितामा धेरै आशा गर्न सकिँदैन रियाल मड्रिड स्टार ग्यारेथ बेल रहेको यो टोलीले युरोकपमा कस्तो प्रदर्शन गर्नेछ भन्ने पूर्णतः उनीमा भर पर्नेछ।
स्लोभाकिया 
 
स्लोभाकिया छुट्टै  देशको नामले पहिलो पटक युरोकप छनोट भएको हो । यस भन्दा अघि चेकस्लोभाकिया को नामबाट चेक गणत्रन्त र स्लोभकिया ले खेल्ने गर्थै । आफ्नो पहिलो युरोकप खेल्न लागेको स्लोभाकिया सन्तुलित युवा टोलीले सजिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ