arrow

वामपन्थी सरकार संविधान मास्ने खेलमा : प्रकाशमान 

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ मंसिर २९ सोमबार
prakashman7.jpg

जनकपुर । नेपाली कंग्रेसका केन्द्रिय सदस्य एवं पुर्व महामन्त्री प्रकाशमान सिंहले जनताको हितमा काम गर्न नसक्ने सरकारलाई सरकारमा रहनुको कुनै अर्थ नरहेको बताएका छन् । जनकपुरधाममा आयोजित नेपाली कांग्रेसको विरोध सभालाई सम्बोधन गर्दै वर्तमान सरकार संघीयता र गणतन्त्र मास्ने खेलमा रहेको सिंहले बताए ।

नेपाली कांग्रेस धनुषाको अगुवाईमा प्रदेश नम्बर दुई को राजधानी जनकपुरधाममा सोमबार विरोध जुलस प्रदर्शनमा उनले वामपन्थी सरकारले संघीयता कार्यान्वयन भन्दा भ्रष्टाचार, हत्या हिंसा र अवैधानिक नियुक्तीहरु गरी संघीयतालाई गलत देखाउने कुचेष्टा गरिरहेको बताए ।

नेता सिंहको अगुवाईमा जनकपुरधामको पिडरीया माई थान स्थित पार्टी कार्यालय कार्यालयबाट निक्लेको विरोध जुलुस मुरलीचौक, रामचौक, जनकचौक, शिवचौक र भानुचौक हुदै रेल्वे स्टेशन पुगेर कोणसभामा परिणत भएको थियो । 

कोण सभालाई सम्बोधन गर्दै नेता सिंहले भने शान्ति सम्झौतापछि पटक पटक बामपन्थी सरकार बनेर पनि जनताले चाहेको संविधान बन्न नसकेपछि दोस्रो संविधानसभाका लागि चुनाव भएको र त्यस सभाले बनाएको कांग्रेस नेतृत्वको सरकार संविधान बनाउन सफल भएपछि पुनः बामपन्थी सरकार संविधान मास्ने खेलमा लागेको बताए । 

 प्रदेश २ का ससंदय दलका नेता रामसरोज यादवले केपी ओली नेतृत्वको बर्तमान सरकारलाई उखेलेर फाल्ने उदघोष गरे ।  संघीय सांसद स्मृती नारायण चौधरीले नियतवस भारतसंगको सिमा बन्द गरिएको भन्दै खोल्न आग्रह गरे । विरोधसभामा धनुषाका नेताका साथै प्रदेश र संघीय सांसदहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ