arrow

वर्तमान सरकार भागबन्डाको लडाइँले देश बरबादीमा फस्दैछ – शाह

logo
नारायण वली,
प्रकाशित २०७७ मंसिर २९ सोमबार
kapilbastu-congress1.jpg

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले कम्युनिष्ट नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको ठोकुवा गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले सोमबार भैरहवामा आयोजना गरेको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता पाण्डेले यस्तो ठोकवा गरेका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडललाई तनहुँमा पुल उद्घाटन गर्न जाने क्रममा पक्राउ गरेकोप्रति नेता पाण्डेले भने ‘प्रहरी प्रशासन कानुनको बर्खिलाप ओढेर जान नमिल्ने र जसका कारण तनहुँको घटनाले प्रहरी प्रशासन माथि प्रश्चचिन्ह खडा भएको भन्दै, कानून सम्मत् हिड्न र कम्युनिष्ट सरकारको आदेश मान्नुभन्दा पनि कानुन र विधिका अनुशरण गर्न अनुरोध गरे ।

नेपालको राष्ट्रियतामा खतरा आएकाले सबै प्रजातन्त्रवादी एकै ठाउँमा उभिएर सरकार विरुद्ध नारा लगाउनु पर्ने आवश्यकता रहेको वताउँदै, नेता पाण्डेले सरकारप्रति जनताको निराशा बढेकाले यस्तै स्थिती कायमै रहे आगामी दिनमा कम्युनिष्ट सरकार समाप्त हुनेमा जोड दिए ।

त्यस्तै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, (प्रचण्ड) माधव कुमार नेपाल र केपी शर्मा ओलीबीच सैद्धान्तिक झगडा नभई भ्रष्टाचारको झगडा भएको इंगित गरे । 

नेता शाहले कम्युनिष्ट पार्टीका नेताहरुले देशलाई बर्बादीको आडलमा पुर्‍याउन खोजेकाले आफुहरु अब सहेर वस्न नसक्ने भन्दै, भ्रष्टाचार, हिंसा, अनियमितता, राज्य आतंक र कर वृद्धि लगायतका गतिविधिप्रति जनता रुष्ट भएको जनाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ