arrow

'लुट्ने उद्देश्यले सत्तामा गएकाबाट के अपेक्षा गर्ने ?'

नेपालगञ्जमा कांग्रेसले गर्‍यो बृहत् विरोध प्रदर्शन

logo
सौरभ गिरी,
प्रकाशित २०७७ मंसिर २९ सोमबार
congress-nepalgung.jpg

नेपालगञ्ज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबार नेपालगञ्जमा पनि बृहत् विरोध प्रदर्शन गरेको छ । कांग्रेसले सरकारले जनविरोधी काम गरेको भन्दै सोमबार देशव्यापीरुपमा प्रदर्शन गरेको हो । नेपालगञ्ज सुर्खेतरोडस्थित पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शन विपी चोक, धम्बोझी चोक, घरबारीटोल, त्रिवेणीमोड, सदरलाइन हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर विरोधसभामा परिणत भएको थियो ।

कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको नेतृत्वमा भएको बृहत् प्रदर्शनमा गाउँगाउँबाट आएका हजारौं नेता कार्यकर्ता सहभागी थिए । विरोधसभालाई सम्बोधन गर्दै सभापति कोइरालाले भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको सरकारबाट जनताले निराशा बाहेक केही नपाउने बताइन् । सुशासनबाट च्युत भइसकेको केपी ओली नेतृत्वको सरकार सत्ताको लडाईंमा केन्द्रित भएको भन्दै सभापति कोइरालाले जनतालाई झुक्याएर झण्डै दुई तिहाई बहुमत पाएपनि जनमतको अपमान गरेको टिप्पणी गरिन् ।

उनले भनिन्, "केपी ओलीलाई कुर्सी जोगाउने चिन्ता छ अनि कसरी मुलुक बनाउने चिन्ता होस्, लुट्ने उद्देश्यले सत्तामा गएकाबाट के अपेक्षा गर्ने ?"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ