arrow

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दयनीय स्थितिको अन्त्य गरौं – नेविसंघ

logo
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
nebisangh-flag.jpg

कर्णाली । नेपाल विद्यार्थी संघका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका संयोजक अनिलबहादुर शाहीले विश्वविद्यालयका समस्या समाधान गर्न गम्भीर भएर लाग्न सरोकारवाला पक्षसँग माग गरेका छन् । उनले गम्भीर संकटको मोडबाट विश्वविद्यालयलाई सुधारउन्मुख बनाउन विद्यार्थी, प्राध्यापक, कर्मचारी लगायत सरोकारवाला पक्षहरुसँग वार्ता, संवाद र समझदारीबाट विश्वविद्यालय संचालन गर्न, बालुवाटारमा हुने सिनेट तत्काल खारेज गरी कर्णाली प्रदेशमा नै सिनेट बस्ने व्यवस्था मिलाउन माग गरेका छन् । 

प्रेस विज्ञप्ति जारी गर्दै उनले छलकपट रुपमा मुठभेडको मानसिकताबाट सिनेटमा प्रस्ताव भएको सुरक्षा इकाई गठन, केही व्यक्तिहरुको स्वार्थ पदपूर्तिका लागि प्राध्यापकको सेवा प्रवेशउमेर ५० वर्ष लगायतको प्रस्तावका विषयहरुलाई खारेज गर्न, स्ववियू निर्वाचनको तत्काल मिति घोषणा गर्न, हाइड्रो इन्जिनियरिङका विद्यार्थीको समस्या समाधान गर्न र लकडाउन अवधिको सम्पूर्ण विद्यार्थीको एक सेमेष्टरको शुल्क मिनाह गर्न समेत माग गरेका छन् । 

विज्ञप्तिमा आदर्शका कोरा भाषणहरु गरेर कहिल्यै नथाक्ने उपकुलपतिबाट व्यवहारमा कुनै पनि सुधारको थालनी नहुने भएकाले विश्वविद्यालयको स्थिति नाजुक स्थितिमा पुगेको समेत उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ