- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजवादीको आन्दोलनले राजतन्त्र नर्फकने दाबी गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको १२ औँ वार्षिक साधारणसभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोद्धन गर्दै उनले गइसकेको राजतन्त्र ल्याउँछु भन्ने कुरा विद्युत्को विकल्पमा अगुल्टो खोज्नुजस्तै भएको बताए । “हटिसकेको राजतन्त्र ल्याउँछु भन्नु र घाम खस्छ भन्नु उस्तै उस्तै हो”, मुख्यमन्त्री गुरुङले भने ।
उनले कोरोना सङ्क्रमणले समस्या मात्रै हैन, अवसरसमेत प्रदान गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति गराउन कोरोनाले अवसरसमेत दिलाएको बताए । “कोरोनाले अत्यन्तै समस्या ल्यायो, हामी सबैलाई निराससमेत बनायो”, मुख्यमन्त्री गुरुङले भने, “कोरोनापछि स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल हुनेछ, अस्पताल निर्माण हुनेछन्, आगामी दिनमा थाल खानेकी भात खानेको अवस्था आउनेछैन ।”