arrow

प्रदेश एकमा १ सय ६ कोरोना संक्रमित थपिए

logo
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
covid-test-corona.jpg

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा गरिएको ६७४ को पिसिआर परीक्षणमा ३७ महिला र ६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

थप हुनेमा सुनसरीमा ३४, मोरङमा २४ मध्ये विराटनगरमा १५, झापामा १९, ताप्लेजुङमा १३, इलाममा चार, पाँचथरमा दुई, उदयपुर र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका आठ जना रहेका छन् । प्रदेशमा अहिलेसम्म संक्रमितको सङ्ख्या २९ हजार ८७ पुगेको मन्त्रालयले जनाएको छ । 

यसैगरी प्रदेशमा आज ७८ जना संक्रमित निको भई घर फर्केका छन् भने हालसम्म सङ्ख्या २३ हजार ९१६ निको भएर घर फर्केका छन् । यस प्रदेशमा हालसम्म दुई लाख एक हजार ९५६ को पिसिआर परीक्षण भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ