arrow

कोपा अमेरिका: हैटी बिरुद्ध ब्राजिलको ७ गोल, कोटिन्होको ह्याट्रिक

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
Copa_Bra_hai.jpg.jpeg
काठमाडौं। अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले हैटीलाई ७-१ गोलले पराजित गरेको छ। पहिलो खेलमा ईक्वेडरसँग बराबरी खेलेको ब्राजिलको प्रतियोगितामा यो पहिलो जीत हो। 
 
फिलिप कोटिन्होको ह्याट्रिक मदतले ब्राजिलले उक्त गोलहरु गर्न सफल भएको थियो। कोटिन्होले १४औं, २९औं र ९०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। त्यसैगरि रेनाटो अगस्तोले २ गोल गरेका थिए। खेलको ३५औं र ८६औं मिनेटमा गोल गरेका थिए।
 
खेलको ५९औं मिनेटमा ग्याब्रियलले गोल गरेका थिए भने ६७औं मिनेटमा लुकास लिमाले गोल गरेका थिए। हैटीकालागि एक मात्र गोल खेलको ७०औं मिनेटमा जेम्स मेर्सेलिनले गरेका थिए। 
 
खेल अवधिभर ब्राजिलले पुरा नियन्त्रणमा राखेको खेलमा हैटीले केही प्रयास गरेको भए पनि निरिह हुन पुगेको थियो। ब्राजिलको यो ७-१ गोलको जीतलाई विश्वकप २०१४मा सेमीफाईनलमा जर्मनीसँग हारेको खेललाई सम्झिने पनि धेरै छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ