arrow

लुम्बिनी प्रदेशका मन्त्रालयलाई लेखा समितिको प्रश्नः वेरुजु हुनुको कारण देखाऊ ?

समितिका सभापति चौधरी भन्छन्,–शुक्रबार प्रतिवेदन बुझाउन समय दिइएको छ 

logo
नारायण वली,
प्रकाशित २०७७ पुष १ बुधबार
lumbini-pradesh-mantriparis.jpg

रुपन्देही । लुम्बिनी प्रदेशका मन्त्रालयहरुमा महालेखाको प्रतिवेदन अनुसार बेरुजु धेरै देखिएको उल्लेख गरेको छ । सो सम्वन्धमा वेरुजुबारे विशेष चासो व्यक्त गर्दै मंगलबार सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिले बैठक बसाल्यो । 

लेखा समितिले प्रदेशका मन्त्रालयहरुको बेरुजुबारे गहन छलफल गर्दै महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएको अत्यधिक बेरुजुको सम्बन्धमा बसेको बैठकमा समितिले उक्त मन्त्रालयका सचिवहरुलाई धेरै वेरुजु हुनुको कारण खोजेको लेखा समितिका सभापति डिल्ली बहादुर चौधरीले बताए । 

सो क्रममा विभिन्न मन्त्रालयका सबै सचिवहरुले आ–आफ्नो मन्त्रालयको अवस्थाका बारेमा वेरुजु सम्वन्धमा बताएको र त्यसमा आफुहरुले व्यापक रुपमा छलफल गरिएको प्रतिक्रिया दिए । तर लेखा समितिले सचिवहरुले दिएको मौखिक जवाफलाई अनुशरण गर्दै लिखित रुपमा विवरण माग गरेको छ ।

समितिले आगामी शुक्रबार बिहान १० बजेसम्म सबै मन्त्रालयहरुलाई आफ्नो पेस्की फर्छयौटको योजना विवरणसहित विस्तृत प्रतिवेदन प्रस्तुतीकरण गर्न निर्देशन दिएको भन्दै सभापति चौधरीले त्यसपश्चात् महालेखा परीक्षकको कार्यालयका प्रतितिधिसंग बसेर गम्भीर छलफल गरिने जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ