arrow

कोपा अमेरिका: पेरु र ईक्वेडर बिचको खेल बराबर, समुहमा ब्राजिल अगाडी

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
Copa_Peru_Ecu.jpg.jpeg
काठमाडौं। अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समुह 'बी'को पेरु र ईक्वेडर बिचको खेल २-२ गोलको बराबरीमा सकिएको छ। 
 
खेलमा २ गोलको अग्रता लिएको पेरु बिरुद्ध ईक्वेडरले गोल फर्काउँदै बराबरी गरेको थियो।खेलको ५औं मिनेटमा पेरुका क्रिस्टिअन कुवेबाले गोल गर्दै पेरुलाई अग्रता दिलाएको थियो। त्यस्को लगत्तै १३औं मिनेटमा एडिसन फ्लोर्सले गोल गर्दै पेरुलाई २-०को अग्रता दिलाएका थिए।
 
ईक्वेडर खेलमा फर्किन शुरु गरे लगत्तै ३९औं मिनेटमा एनर भ्यालेन्सियाले गोल गर्दै खेल १-२ बनाएका थिए। त्यसैगरि केलको ४९औं मिनेटमा मिलर बोलानोसले गोल गर्दै  खेल २-२मा पुर्‍याएका थिए। 
 
दुवै टोलीले तेस्रो गोलका लागि राम्रो प्रयास गरेता पनि गोल भने हुन सकेन्। खेलको ९०औं मिनेटमा ईक्वेडरका गाब्रियल अचिलरले रातो कार्ड पाएका थिए। 
 
यस अघि ब्राजिलले हैटीलाई पराजित गर्दै तीन अंक बटुलेको थियो। 
 
समुह 'बीको अंक तालिकामा ब्राजिल २ खेलमा  ४ अंक सहित पहिलो स्थानमा रहेको छ भने पेरु पनि २ खेलमा ४ अंक सहित दोस्रो स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ