arrow

कोरोना संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु

logo
प्रकाशित २०७७ पुष १ बुधबार
dead-body2.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार दिएको जानकारी अनुसार पोखराका दुई जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका वडा नं. १२ का ८४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । 

उनको बुधबार बिहान ५:४५ बजे पोखरास्थित फिस्टेल अस्पतालमा मृत्यु भएको हो । यसअघि न्यूमोनिया रोगबाट ग्रसित ती पुरुषमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

यसैगरी पोखरा १ का ७६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको मंगलबार राति १०:२० बजे पोखरास्थित फिस्टेल अस्पतालमै मृत्यु भएको डा. शर्माले जानकारी दिए । 

यसअघि न्यूमोनिया, मृगौला समस्याबाट ग्रसित ती पुरुषमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।  योसंगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५ पुगेको छ भने गण्डकी प्रदेशमा १८६ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ