arrow

हिलारी क्लिन्टन जितनजिक पुगेसँगै अमेरिकामा खुशीयाली

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
hillary-clinton.jpg.jpeg
वासिङटन । अमेरिकी डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी पाउनका लागि नेत्री हिलारी क्लिन्टनलाई आवश्यक डेलिगेट्स (प्रतिनिधि) सङ्ख्या प्राप्त भएको उनका समर्थकले जनाएका छन् । 
 
समर्थकको दावीकाबीच डेमोक्रेटिक पार्टीभित्रको पार्टीगत चुनावमा रहेका छ अमेरिकी राज्यमा उनलाई उम्मेदवारी दिन पक्का पक्की गर्नका लागि आवश्यक बल भने क्यालिफोर्नियाले दिनेछ । क्यालिफोर्नियामा क्लिन्टनका प्रतिद्वन्द्वी वर्नी स्यान्डर्सले उक्त राज्यमा आफुलाई स्पष्ट बहुमत प्राप्त हुने आशा राखेका छन् । 
 
उक्त राज्यमा स्यान्डर्सको पकड रहेको जनाइए पनि विभिन्न मत सर्वेक्षणले दुवै उम्मेदवारलाई बराबर मत आउने बताएका छन् । स्यान्डर्सले पार्टीबाट निर्वाचित सुपर डेलिगेट्सले आफूलाई समर्थन दिनेमा विश्वस्त छन् । तर विश्लेषकहरु डेमोक्रेटिक पार्टीले स्यान्डर्सलाई राष्ट्रपतिको उम्मेदवार बनाउने कुरा लगभग असम्भव जस्तो देखिएको भनी टिप्पणी गरेका छन् । 
 
बुधबारसम्मको प्रारम्भिक मत परिणामअनुसार चार हजार ५१ मतमध्ये क्लिन्टनको पक्षमा दुई हजार १८४ प्रतिनिधि र स्यान्डर्सको पक्षमा एक हजार ८०४ मत परेको उल्लेख गरिएको छ । जितका लागि दुई हजार ३८३ मत आवश्यक रहने भएकोले क्लिन्टनको जित निश्चित प्राय भएको हो । 
 
यसैबीच उम्मेदवारी घोषणाका लागि चाहिने मत नजिकको परिणाम पुगेपछि अमेरिकाले राष्ट्रपतिका लागि बलियो महिला उम्मेदवार उठाउने इतिहास रच्न सफल भएको भनी क्लिन्टनले आफ्ना समर्थकलाई धन्यवाद ज्ञापन गरेकी छन् । 
 
जितनजिक पुगेपछि क्लिन्टन समर्थकले मुलुकभर खुशीयाली मनाउन थालेका छन् । आधिकारिक फैसलाका लागि अझै केही समय पर्खिनुपर्ने छ । क्लिन्टनलाई आगामी अमेरिकी राष्ट्रपतिको बलियो सम्भावना बोकेकी उम्मेदवार भएको बताइन्छ । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ