arrow

गण्डकीमा कति पुगे संक्रमित ?

logo
प्रकाशित २०७७ पुष १ बुधबार
covid-test-corona.jpg

गण्डकी । गण्डकी प्रदेशमा ६२ कोरोना संक्रमित थपिएका छन् । कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १ का ७६ वर्षीय र वडा नं १२ का ८४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । 

प्रदेशमा कोरोना संक्रमण भई मृत्यु हुनेको सङ्ख्या १८६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । 

बुधबार थपिएकासहित प्रदेशमा कूल कोरोना संक्रमितको सङ्ख्या १३ हजार ५८३ पुगेको छ । प्रदेशमा हालसम्म एक हजार ६३२ सक्रिय संक्रमित पुगेका छन् भने निको हुनेको सङ्ख्या ११ हजार ७६५ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ