arrow

तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मानबाट बन्धू र जोशीद्धय सम्मानित

logo
प्रकाशित २०७७ पुष २ बिहिबार
tulasiman-shrestha.jpg

काठमाडौं । तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मानबाट भाषा वैज्ञानिक तथा लोक साहित्यविद् प्राडा. चूडामणि बन्धू, इतिहासविद् सत्यमोहन जोशी र लोक तथा देउडा गायक नन्दकृष्ण जोशी सम्मानित भएका छन् । उक्त सम्मानबाट २०७५ मा बन्धू, २०७६ मा जोशी र २०७७ मा नन्दकृष्ण जोशी सम्मानित भएका हुन् । सम्मानित सबैले जनही २ हजार ५ सय ५ रुपैयाँ पाएका छन् । 

भर्चुअल माध्यमबाट भएको पुरस्कार आयोजना प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङको आतिथ्यमा भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि गुरुङ, अतिथिहरु कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल, समाजका अध्यक्षसीताराम अधिकारी लगायतले सम्वोधन गरेका थिए । 

बहुमुखी प्रतिभाका धनी स्वर्गीय तुलसीमान श्रेष्ठको २०७३ सालमा क्यान्सरका कारण निधन भएको थयो । उनको योगदानलाई मुलुकभर फैलाउने उद्धेश्यले तुलसीमान श्रेष्ठ स्मृति समाज र तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मानको स्थापना भएको हो । 

श्रेष्ठले आफ्नो जीवनकालमा शैक्षिक, सामिाजिक तथा नेपाली लोक साहित्यको क्षेत्रमा अतुलनीय योगदा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ