arrow

टेनिस सुन्दरी मारिया शारापोवा माथि दुई बर्षको प्रतिबन्ध

logo
प्रकाशित २०७३ जेठ २७ बिहिबार
maria-sharapova.jpg.jpeg
एजेन्सी । डोपिङ टेस्ट  फेल भएपछि  रूसकी टेनिस सुन्दरी मारिया शारापोवा माथि दुई बर्षको  प्रतिबन्ध लगाइएको छ । शारापोवाले जनवरीमा स‌ंचालन भएको अस्ट्रेलियन ओपन टेनिसको क्रममा  प्रतिबन्धित ड्रग्स मेल्डोनियमको प्रयोग गरेको पाइएको हो । मेल्डोनियमको प्रयोग मुटु सम्बन्धी समस्या हुनेले  गर्ने हो । शारापोवा सो औषधिको प्रयोग सन् २००६ देखि गरिरहेकि थिइन् ।
 
वाडाले १ जनवरी २०१६ देखि सो ड्रग्सलाई  प्रतिबन्धित औषधिको सूचीमा राखेको छ । शारापोवा माथि सो प्रतिबन्ध २६ जनवरी २०१६ देखि लागु भएको छ र सो प्रतिबन्ध  दुई बर्ष सम्म चल्नेछ । पाँच ग्रेन्ड स्लेम विजेता शारापोवा माथि लगाइएको प्रतिब्ध निकै विवादित बनेको छ ।
 
शारापोवाले आईटीएको सो निर्णय माथि निरासा जनाउदै  उनि यस निर्य बिरुद्ध अपील गर्ने फेसबुकमा लेखेकी छन् । उनले लेखिन् ,' मलाई दुई बर्ष सम्म गरिएको निलम्बन स्वीकार छैन' ।



नयाँ