arrow

‘आशा छ’ मा प्राध्यापकको कथा

logo
प्रकाशित २०७७ पुष ३ शुक्रबार
aasa11.jpg

काठमाडौं । नेपालको शैक्षिक क्षेत्रलाई उजागर गर्न प्रकाश सुवेदीद्वारा लेखिएको उपन्यास ‘आशा छ’ प्रकाशित भएको छ। 

शिक्षामा गुणस्तरीय सुधार चाहने प्राध्यापकको कथामा आधारित यो उपन्यास शैक्षिक क्षेत्रको समस्या उजागर गर्ने उपन्यास हो। शैक्षिक क्षेत्रमा सकारात्मक प्रयास गर्ने प्राध्यापकले भोग्ने राजनीतिक अवरोध र शैक्षिक क्षेत्रका विकृतिलाई देखाइएको छ। 

उपन्यासमा लेखकले आदर्श सपना देख्ने प्राध्यापक र चरम विकृत यथार्थबीचको द्वन्द्व मार्मिक रुपमा चित्रण गरेका छन्।  शिक्षामा राजनीति हाबी हुँदा असल मान्छे हार्ने र राजनीतिक कृपा पाएकाहरुले जित्ने हामीले देख्दै भोग्दै आएका छौं।

यसै वास्तविकतालाई प्रष्ट पार्ने यो पुस्तकले शिक्षा क्षेत्र सुधारका लागि भुमिका खेल्ने देखिन्छ । किशोरावस्था पार गरेर वयस्क उमेरमा प्रवेश गर्ने पाठकलाई ध्यानमा राखेर वी रिडले पुस्तक प्रकाशन गर्दै आएको छ ।

‘आशा छ’ उपन्यास पनि वयस्क उमेर समूहका पाठकवर्गमा लक्षित भएको प्रकाशकले जनाएको छ। काठमाडौंको परिवेशमा म पात्र मार्फत भनिएको यो उपन्यासमा शैक्षिक क्षेत्रमा देखिएका विकृतिका कारण देशमा युवा पुस्ताले भोगिरहेको समस्याको कथा  छ। 

यद्दपी, ‘आशा छ’ नाम झैं उपन्यास मार्फत लेखकले वर्तमान समाजका अँध्यारा पक्षबारे अवगत गराउँदै युवा वर्गमा सकारात्मक सन्देश दिने प्रयास गरेका छन्। लेखक सुवेदीको यसअघि ‘छोरी ज्वाईं भेट्न अमेरिका’ नियात्रा संग्रह प्रकाशित छ। २६९ पृष्ठ रहेको यस पुस्तकको मूल्य ४४९ रुपैयाँ तोकिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ