arrow

प्रदेश नं १ मा १४३ संक्रमित घर फिर्ता

logo
प्रकाशित २०७७ पुष ३ शुक्रबार
covid-test-positive-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नयाँ संक्रमित २१ महिलासहित ४३ जना थपिएका छन् ।

डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट चार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र न्युरो अस्पतालबाट एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्ममा डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार ३९० पुगेको छ भने कारोना संक्रमितको सङ्ख्या २९ हजार २३० पुगेको छ । नयाँ थपिएका संक्रमितमा सुनसरीमा १४,  मोरङका १२ मध्ये विराटनगरमा पाँच, झापामा छ, ताप्लेजुङमा दुई, सङ्खुवासभा र खोटाङमा एक-एक तथा प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्ममा प्रदेशमा दुई लाख तीन हजार ४२६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिले पनि सक्रिय संक्रमितको सङ्ख्या चार हजार ८४० छन् । आजै प्रदेशमा ५६२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ